पोखरा फागुन १९,
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको मौन अवधि हिजो राती १२ वजे वाट सुरु भएको छ । मौन अवधिमा निर्वाचन आयोगले चुनाव प्रचार प्रसार लगायतका गतिविधिमा पूर्ण रुपमा रोक लगाएको छ । मौन अवधि भनेको मतदाताहरुलाई सोच्ने र फैसला गर्ने समय हो । चुनाव प्रचार प्रसारका क्रममा राजनितीक दल तथा उमेद्धवारहरु घर घरमा आउने र आफुलाई मत हाल्न अनुरोध गर्ने लगायतका कामहरु गरिरहेको वेला कसलार्ई मत दिने कसलाई नदिने भन्ने द्धिविधामा रहेका मतदाताहरुलाई कसलाई मत दिने भन्ने सोचेर निर्णय लिने समय मौन अवधि हो ।
मौन अवधिमा उमेद्धवारहरुले औपचारिक रुपमा चुनाव प्रचार गर्न पाउदैनन् तर चुनाव भने यही अवधिमा प्रभावित हुने खतरा रहन्छ । वढि प्रतिष्प्रर्धा भएका उमेद्धवारहरु बिच एउटाको मत अर्को उमेद्धवारले चोर्नका लागि र मत परिणाम आफ्नो पक्षमा पार्नका लागि अनेक खालका हर्कत र हथण्डाहरु उमेद्धवार तथा राजनितीक दलहरुले यो मौन अबधिमा गर्ने गर्दछन् । विषेश गरि यो अवधिमा निर्वाचन आयोग, स्थानिय प्रशासन र सुरक्षा निकाय वढि जिम्वेवार वन्नुपर्ने देखिन्छ । प्रशासनले सुरक्षा निकाय संगको सहयोगमा दिन रात अनुगमनलाई तिव्रता दिनुपर्ने यो समय हो । विषेश गरि पिछिडिएको वस्ती, ज्ञानको कमी भएका मतदाताहरुलाई प्रभावमा पारेर उनिहरुको मत खरिद गर्ने खालका गतिविधिहरु यो समयमा वढि हुने गर्दछन् । त्यस्ता खलका मतदाताहरुलाई लुकेर पैसा वाँड्ने, भोज भतेरको आयोजना गर्ने, लत्ता कपडा वाँड्ने, अनेक खालका झुटा आश्वासनहरु वाँड्ने र आफ्नो पक्षमा तान्ने खालका तमाम कामहरु यो अवधिमा हुने गर्दछन् । यो काम गर्न उमेद्धवारहरु र उनका सहयोगिहरु नाङ्गो तरिकाले लागेको देखिन्छ । यसले गर्दा निर्वाचनको निश्पक्षता र मतदाताको निर्वाध रुपमा मतदान गर्न पाउने अधिकारको हनन हुने देखिन्छ । मौन अवधिमा गरिएका यस्ता खालका गतिविधि र क्रियाकलापले जित्ने उमेद्धवारले हार्ने र हार्ने उमेद्धवाले जित्ने सम्मको काम हुने भएकाले यस्ता घट्नालाई पूर्ण रुपमा निरुत्साहित गर्दे रोक्नका लागि निर्वाचन आयोग र स्थानिय प्रशासनको महत्वपूर्ण भूमिका हुने गर्दछ । निर्वाचन आयोगले मौन अवधिमा आयोगले तोकेको आचारसंहिता उल्लङघन गर्ने उमेद्धवारहरुको उमेद्धवारी रद्ध हुने तथा निर्वाचित भईसकेपछि पनि पद जाने सम्मको चेतावनी दिएको छ । यो अवधिमा हुने आचारसंहिता उल्लङघन हुन सक्ने र अवान्क्षीत क्रियाकलाप हुन सक्ने हुदा चनाखो रहन सवैमा अनुरोध गरेको छ ।
