लेखनाथ र रुपा गाँउपालिका क्षेत्रका उद्योगी व्यवसायीहरुको संस्था लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा जानुका पराजुली अधिकारी निर्वाचित भएकी छन् । आफ्ना प्रतिष्प्रर्धि संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझालाई १६३ मतान्तरले पारजित गर्दै जानुका अध्यक्षमा निर्वाचित हुर्दै ईतिहाँश रचेकी छन् । लेखनाथ उद्योग वाणिज्य संघको ३ दशक भन्दा लामो ईतिहाशमा जाननुका अध्यक्षमा निर्वाचित भएर महिलाले संघको नेतृत्व गर्ने अवसर वनाएकी छन् । यस अगाडि उनि संघको महासचिव थिईन् । लेखनाथ उद्योग वाणिज्य संघमा नेकपा एमाले र नेपाली काँग्रेसले प्यानल वनाएर प्रतिष्प्रर्धा गरेका थिए । नेकपा एमालेको तर्फवाट संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा अध्यक्षका प्रतिष्प्रर्धि थिए भने नेपाली काँग्रेसको प्यानलवाट जानुका अधिकारी अध्यक्षको उमेद्धवार थिईन् । ओझालाई नेकपा एमालेको समर्थन थियो भने जानुकालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतको समर्थन रहेको थियो । रास्वपा समर्थित व्यवसयाीहरुले ओझालाई समर्थन गरेको भनिएपनि उनिहरुको मत पनि जानुकालाई गएको अनुमान गरिएको छ । यस अगाडि संघको नेतृत्व नेकपा एमाले समर्थित व्यवसायी विनोद श्रेष्ठले गरेका थिए । राजेन्द्र ओझा संघका वरिष्ठ उपाध्यक्ष र अध्यक्ष हुने स्वाभाविक रोलक्रममा भएको भएपनि उनलाई महासचिव जानुका अधिकारीले पराजित गरेपछि लेखनाथ उद्योग वाणिज्य संघमा एमालेले नराम्रो धक्का वेहोरेको छ ।
निर्वाचनमा पदाधिकारी सहित सम्पूर्ण पदमा जानुकाको प्यानलनै निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा जानुका प्यानलका गोपिचन्द्र वास्तोला, प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्य, दितिय उपाध्यक्षमा ध्रुववावु भट्टराई, महासचिवमा भरतराज ओझा, उप महासचिवमा गंगा कुमारी मल्ल र कोषाध्यक्षमा हरि वास्ताकोटी निर्वाचित भएका छन् । पदाधिकारीमा सवै भन्दा वढि मतान्तर द्धितिय उपाध्यक्ष ध्रुववावु भट्टराई र त्यस पछि प्रथम उपाध्यक्ष विक्रम कर्माचायको परेको छ । ध्रुववावु भट्टराईले १ हजार २ सय १८ मत ल्याउदा उनका प्रतिष्प्रर्धि धिरज कुमार श्रेष्ठले जम्मा ६०३ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा निर्वाचित विक्रम कर्माचार्यले ११५० मत प्राप्त गर्दा उनका प्रतिष्प्रर्धि मेनका श्रेष्ठले ६७४ मत प्राप्त गरेकी थिईन् । एसोसियट सदस्यमा दयारमा भण्डारी निर्वाचित भए । खुल्ला तर्फको सदस्यहरुमा पनि जानुका प्यानलकै सुनज न्यौपाने,प्रतिक्षा रानाभाट, भविन्द्र पुन, विरेन्द्रराज भुर्तेल, दिपक अधिकारी, प्रभा कुमारी पौडेलल, कृष्ण प्रसाद तिमिल्सीना,र सन्दिप वुढाथोकी निर्वाचित भएका छन् । महिला सदस्यहरुमा शर्मिला श्रेष्ठ र गंगा सापकोटा निर्वाचित भएका छन् । यस अधि अधिवेसनको शनिवार नेपाल उद्योणग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्धघाटन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।