पोखरा भाद्र,१५
समाजवादी प्रेस संगठन, नेपाल केन्द्रीय कमिटीको तेश्रो बैठक बिभिन्न ११ वुँदे प्रताव पारित गर्दै शनिवार काठमाण्डौमा सम्पन्न भएको छ । बैठकले संगठनको राष्ट्रिय महाधिवेशन आगामी फाल्गुन २९ र ३० गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । साथै असोज, कार्तिक, मंसिर तिन महिना संगठन सुदृढीकरण अभियान चलाउने निर्णय समेत गरेको छ । वैठकले ५० हजार रासीको प्रदिप नेपाल स्मृति पुरस्कार र १५ हजार रासीको सुरेश रजक स्मृति फोटो पत्रकारित पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । वैठकले लिपुलेक कालापानीमा नेपाली भुमि मिचिएको, सरकारले ल्याउन लागेको मिडिया काउन्सील विधेयक प्रेस मैत्री नभएको, अनलाई सञ्चार माद्यमलाई जिल्ला प्रशासन कार्यालयवाट दर्ता गर्ने निर्णय सच्याउन माग गर्दै संविधन प्रदत्त प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न पत्रकारहरुलाई साईवर क्राईमका मुद्धा चलाएर आतङ्कित पार्न खोजिएको लगायतका ११ वुँदे प्रताव पारित गरेको छ ।
यस अघि वैठकको उद्धघाटन नेकपा एकिकृत समाजावदीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गरेका थिए । सो अवसरमा मन्तव्य व्यक्त गर्दे अध्यक्ष नेपालले नेपालले देशको राजनीतिमा आफ्नो पार्टीको विशिष्ट भूमिका रहेको वताए । पार्टी निर्माणको लागि जनतामा जान पार्टीपंक्तिलाई नेपालले कडा निर्देशन दिए । जनतामा नगईकन काठमाण्डौमा वसेर पार्टि वन्दैन भन्दै मेहनत नगरे के हुन्छ ? हिजो पार्टि निर्माण गरेका कठिन दिनहरुको स्मरण गराउदै नेपालले नेकपा एसका नेता कार्यकर्ता जनतामा जानुपर्ने वताए । मधेश प्रदेशमा हामी पहिलो शक्तिको रुपमा स्थापित हुदैछौ, कर्णाली प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौँ भने अरू पार्टीलाई हराउन सक्छौँ ,सुदूरपश्चिममा पनि त्यस्तै छ, हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ, नेपालले भने । तत्काल कसैसंग पार्टि एकिकरण भईहाल्छकी भनने कुरा छैन विचार मिल्नेहरुसंग सहकार्य हुन सक्छ नेपालले भने
एमालेवाट गरेको विद्रोहको औचित्य छैन भन्ने कुरा हावादारी भएको वताउदै अध्यक्ष नेपालले त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कम्तविजोक हुने थियो । विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि अर्थ छैन भन्दै नेपालले विद्रोह गरेर संविधान जोगाउने,, निरङ्कुशलाई चुनौती दिने र लोकतन्त्रको मूल्य र मान्यतालाई जोगाउने काम गरेको वताए । अध्यक्ष माधव नेपालले आफ्नो जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताए । पताञ्जली जग्गा प्रकरणमा आफूलाई बिना कारण मुद्दा लगाइएको भन्दै नेपालले कानून विपरितको काम आफुले नगरेको वताए । उक्त निर्णय क्याविनेटले सर्व सम्मत रुपमा गरेको र उक्त क्याविनेटमा विद्या भण्डारी, एमाले महासचिव शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मीनेन्द्र रिजालसम्म मन्त्री रहेको वताए ।
कार्यक्रमकै अवसरमा विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित संगठनका सल्लाहाकार किशोर श्रेष्ठलाई सम्मान गरिएको थियो । पूर्व प्रधानमन्त्री नेपालले श्रेष्ठलाई सम्मान पत्रले सम्मान गरेका थिए । त्यसै गरि समाजवादी प्रेस संगठको तर्फवाट नेपाल पत्रकार महासंघको निर्वाचनमा जिल्ला अध्यक्ष लगायत विभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको थियो । समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष एवं प्रचार बिभाग प्रमुख प्रकाश ज्वाला, विश्व प्रेस काउन्सिसलका उपाध्यक्ष किशोर श्रेष्ठल गायतले संवोधन गरेका थिए । महासचिव रोहित दहालले कार्यक्रमको सञ्चालन र सचिव कान्ति न्यौपानेले स्वागत गरेकी थिईन् । वैठकको समापन सत्र नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
