पोखरा भाद्र २२,
सार्वजनिक यातायातको क्षेत्रमा मुलुकमै चर्चित पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा ऐन कुमार साई निर्वाचित भएका छन् । सत्ता गठवन्धन नेकपा एमाले र नेपाली काँग्रेस समर्थित ब्यवसायीहरुको तर्फवाट अध्यक्षमा चुनाव लडेका विज्ञान श्रेष्ठलाई ८४ मतले हराउदै साई अध्यक्षमा निर्वाचित भएका हुन् । साईले ६०८ मत प्राप्त गरेका थिए भने श्रैष्ठले जम्मा ५२४ मत प्राप्त गरे । साईलाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी निकट व्यवसायीहरुको समर्थन रहेको थियो । पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीमा यस अगाडि सम्म नेकपा एमाले समर्थित व्यवसायीहरुको दवदवा थियो । निवर्तमान अध्यक्ष योगेन्द्र वहादुर केसी पनि एमाले निकट व्यवसयीहरुको समर्थनमा चुनाव जितेका थिए । हाल उनि राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रवेश गरिसकेका छन् ।
विगत १ दशक अगाडि देखि नेकपा एमाले निकट व्यवसायीहरुले पृथ्वी राजमार्गमा नेतृत्व गरिरहेका थिए । यस पटकको निर्वाचनमा पनि सत्ता गठवन्धनमा रहेका काँग्रेस एमाले निकट व्यवसायीहरुले नेतृत्व क्ब्जा गर्ने हिसावले बिज्ञान श्रेष्ठलाई अध्यक्षमा अगाडि सारे । पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनिमा एमाले काँग्रेस निकट व्यवसयाीहरुको पल्ला भारी रहेको छ । तर नेकपा माओवादी निकट भनेर चिनिने ऐन कुमार साहीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीका अलावा निवर्तमान अध्यक्ष योगेन्द्र वहादुर केसी,नेकपा एमालेकै एउटा शसक्त समूह र रास्वपाको समर्थन रहेकाले साईले अध्यक्षमा बाजी मारेका हुन् । पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनिको निर्वाचनले यस क्षेत्रमा निक्कै ठूलो महत्व राख्दछ । सार्वजिनक यातायात (भाडाका वस) सञ्चलन गर्ने कम्पनीहरु मध्ये पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनिले पूर्व देखि पश्चिम नेपाल सम्म र मुलुकका विभिन्न शहरहरुमा वस सञ्चालन गरेको छ । पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीको निर्वाचन भन्ने वित्तिकै विभिन्न राजनितीक पार्टिहरुको आफ्ना पक्षधर व्यवसायीहरुलाई चुनाव जिताउनका लागि रस्सा रस्सा कस्सीनै गर्ने गर्दछन् । सत्ता गठवन्धन संग अत्याधिक मत भएर पनि सत्ता गठवन्धनका उमेद्धवार श्रेष्ठ साईसंग पराजित भएसंगै नेकपा एमाले र सत्ता गठवन्धन संगको असन्तुष्ठि झल्केको प्रष्ट देखिएको छ ।
ऐन कुमार साईको नेतृत्वको समितिमा हेमन्त मल्ल, जय प्रसाद शर्मा, मेघराज त्रिपाठी, अशोक कुमार चौधरी, जय वहादुर गुरुङ,कृष्ण प्रसाद पौडेल, बावुराम दवाडी, ज्ञान वहादुर केसी,काशी शर्मा न्यौपाने,र लक्ष्मी पौडेल सदस्यमा निर्वाचित भएका छन् ।