पोखरा कार्तिक १७,
नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी, लगायतका ८ वटा पार्टिहरु एक हुने भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी सहितका विप्लव वाट विभाजन भएको चिरन पुन नेतृत्वको नेकपा, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टि,राजु कार्कि नेतृत्वको नेकपा समाजवादी, सुभास राज काफ्ले नेतृत्वको जन समाजवादी पार्टि, प्रेम वहादुर सिंह नेतृत्वको नेकपा साम्यवादी, र कर्णजित वुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी विच एकिकरण हुने भएको हो । आईतवार ८ दलले १८ वुँदै पार्टि एकता सम्वन्धि पत्रमा संझौता गरेका छन् । संझौता पत्रमा नेकपा माओवदाी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव चिरन पुन, नेपाल समाजवादी पार्टिका अध्यक्ष महिन्द्र राय, जन समाजवादीका अध्यक्ष सुभास राज काफ्ले, साम्यवादी पार्टिका अध्यक्ष प्रेम वहादुर सिंह, र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित वुढाथोकीले हस्ताक्षर गरेका हुन् ।
८ दलले माक्सवाद लेनीन वादलाई मार्गदर्शक सिदान्त वनाउने,चुनाव चिन्ह ५ कुने तारा राख्ने, ६ महिना भित्र एकताको महाधिवेसन गर्ने, एकिकरण भएका पार्टिका केन्द्रिय समितिलार्ई समायोजन गर्दै आवश्यकताका आधारमा केन्द्रिय समिति गठन गर्ने, केन्द्रिय समिति भित्रको संरचनामा केन्द्रिय समिति, राजनितीक समिति, सचिवालय र कार्य संयोजन समिति रहने , केन्द्रिय समितिमा संयोजक र सह संयोजक क्रमश प्रचण्ड र माधव नेपाल रहने र प्रदेश ,जिल्लाहरु र अन्य तलका कमिटीहरुमा पनि संयोजक र सह संयोजक रहने व्यवस्था गरिएको छ । पार्टि समितिहरुको सञ्चालन सामूहिक नेतृत्व प्रणालीको आधारमा गरिने ,पार्टिको नाम नेकपा समाजवादी वा नेकपा के राख्ने भन्ने विषयमा टुङ्गो लागेको छैन चुनाव चिन्ह भने चार कुने तारा राख्ने सहमती भएको छ । बृहत बामपन्थी एकताको केन्द्रको रुपमा पार्टिलार्ई लैजने र एकता घोषाणा सभा कार्तिक १९ गते काठमाण्डौमा गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।