पोखरा वैशाख १८,
आन्तरिक तथा बाह्य पर्यटकलाई पोखराका प्रमुख पर्यटकीय गन्तव्य चिनाउने हिसावले प्रमुख पर्यटकीय गन्तव्यहरुलाई चित्रको माद्यमवाट पोखरा मनपा वडा नं ७ वुलौदी स्थित पुष्पलाल स्मृति पार्क अगाडिको पर्खालमा प्रतिविम्व वनाईएको छ । यसरी वनाईएका चित्रकलाहरुको १३६ औ अन्तराष्ट्रिय मजदूर दिवसका अवसरमा आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका विच अनावरण गरे । पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट सङ्घको सहकार्यमा पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब बनाइएको हो ।
अनावरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले २०२५ लाई पोखरा पर्यटन वर्ष घोषणा गरिएको हुनाले वढि भन्दा वढि पर्यटकहरुलाई पोखरामा आकर्षित गर्नका लागि वर्षै भरी प्रचारात्मक कार्यहरु गरिने वताउदै पर्यटनको राजधानी पोखराको सौन्दर्यीकरण सहित पर्यटन प्रवद्र्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने वताए । सृजना र आर्ट्हरुको मूल्य पैसामा गणना हुन नसक्ने भन्दै पोखराका प्रमुख पर्यटकीय गन्तव्यहरुका चित्रहरु वनाएर पोखराको प्रचारमा कमर्शियल आर्टिष्ट संघका साथिहरुले ठुलो गुन लगाएको आचार्यले वताए । मजदूर दिवसको अवसरमा यस प्रकारका चित्रकलाहरुको अनावरणले श्रम प्रतिको सम्मान भएको समेत प्रमुख आचार्यले वताए ।
सन् १८८६मा अमेरिकको शिकागो शहरमा मजदूरहरुले ८ घण्टा काम ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग गरेर गरेको अन्दोलनमा चरम दमन भएको र धेरै मजदूरहरुले ज्यान गुमाएको प्रसंग उल्लेख गर्दै प्रमुख आचार्यले त्यसको ३ वर्षपछि पेरिसमा भएको सम्मेलनवाट मजदूरहरुका ति माग पुरा भएको दिनको अवसरमा मे १ लाई अन्तराष्ट्रिय मजदूर दिवसका रुपमा मनाउन थालिएको वताए । नेपालमा पनि राणा शासनको अन्त्य पछि मजदूर दिवस मनाउन थालिएको प्रमुख आचार्यले वताए । केवल शारिरिक श्रम गर्नेहरुमात्रै श्रमिक नभई ज्याला लिएर काम गर्नेहरु सवै श्रमिकको परिभाषमा पर्ने आचार्यले वताए । प्रयाप्त नभएपनि विगतको तुलनामा मजदूरहरुले हक अधिकार प्राप्त गरेको भन्दै श्रम ऐन वनेको छ , असंगठित क्षेत्रका मजदूरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कामको प्रारम्भ भएको लगायतका कामहरु भईरहेको वताए । अहिले पनि श्रमिकहरुका विचको असमान ज्याला, वाल वालिकालार्ई श्रममा लगाउने कार्य, जस्ता विभेदहरु कायमै रहेको प्रमुख आचार्यले वताए । प्रमुख आचार्यले शिक्षहरुको आन्दोलन सहमतिमा टुङ्गििएको वताउदै अव विद्यार्थीहरुको पठनपाठन सुचारु हुने र कक्षा १२को परिक्षा हुने वताए । निवर्तमान शिक्षा मन्त्री तथा यसै क्षेत्रकी सांसद विद्या भट्टराईले तयार पारेको ७ वुँदेकै जगमा शिक्षहरुसंग ९ वुँदे सहमती भएको भन्दै आचार्यले शिक्षा मन्त्री भट्टराईलाई राजिनामा दिन वाद्य पारिएको भएपनि यो सहमति पछि विद्या भट्टराईको हाईट वढेको वताए ।
सो अवसरमा कमर्शियल आर्टिष्ट संघका अध्यक्ष रमेश राई, नागरिक समाज पोखराका संस्थापक अध्यक्ष राम वहादुर पौडेल, पुम्दिकोट क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रकान्त वराल, पुष्पलाल पार्कका अध्यक्ष लिलाभक्त वराल,पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्य , पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिना लगायले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा चित्र वनाउने १३ जना आर्टिष्टहरुलाई प्रमुख आचार्यले सम्मान पत्रले सम्मान गरेका थिए । सो स्थानमा पोखराबाट देखिने हिमालय श्रृखला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायतका प्रतिबिम्बहरू बनाइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।