पोखरा मंसीर १४,
नेपाली कम्युनिष्ट पार्टिको एकता पछि विभिन्न प्रदेशहरुमा गरिएको पार्टि एकता संदेश सभा आईतवार पोखरामा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका १७ वटा राजनितीक दल एकिकरण भएर वनेको नेपाली कम्युनिष्ट पार्टिले यही मंसीर १२ गते धनगढीमा सुदुर पश्चिम प्रदेश स्तरिय सन्देश सभा र १३ गते दाङमा लुम्विनी प्रदेश स्तरिय सन्देश सभा आयोजना गरिसकेको छ । पोखराको चिप्लेढुङ्गा स्थित मानवअधिकारचोकमा भएको सन्देशसभालाई नेपाली कम्युनिष्ट पार्टिका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका नेताहरुले संवोधन गरेका थिए ।
एकता सन्देश सभालाई संवोधन गर्दै नेपाली कम्युनिष्ट पार्टिका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक अझै पनि संकटमा रहेको रहेकोले राष्टवादी शक्तिहरुका विच एकताको खाँचो औल्याएका छन् । आफुहरुको एकता केवल चुनाव जित्नका लागि र चुनाव जितेर सरकार वनाउनका लागि मात्रै नभएको प्रचण्डले वताए । राष्ट्र वचाउन र जनताका विचमा भावनात्मक एकता कायम गर्नुपर्ने आजको मुख्य आवश्यकता रहेको प्रचण्डले वताए । चुनाव त हामीले जितिसक्यौ भन्दै प्रचण्डले चुनाव जितेर मात्रै जनताको पक्षमा काम गर्न सकिएन भने फेरी हालत यस्तै हुने प्रचण्डले वताए । काँग्रेस एमालेसंग दुई तिहाई सांसद संख्या थियो नी त्यो दुई तिहाईले के लछा¥यो ? भागाभागको अवस्था आयो । हेलिकोप्टर चढेर वालुवाटारवाट भाग्नु प¥यो । वङगालादेशमा शेख हसिनासंग दुई तिहाई भन्दा वढि थियो जनताको पक्षमा काम गर्न नसकेपछि हसिनाले देश छाडेर भाग्नुपर्ने अवस्था आयो प्रचण्डले भने । जेन्जीहरुको आन्दोलन पछि आफुहरुले गम्भिर रुपमा आत्म समिक्षा गरेको भन्दै प्रचण्डले हामीले जे जति गरेका थियौ त्यो प्रयाप्त रहेनछ भन्ने निश्कर्षमा आफुहरु पुगेको वताए । जेन्जी आन्दोलनलाई सवै भन्दा पहिला आत्मासाथ गरेको, जेन्जीहरुलाई सहिद घोषणाको माग गरेको , २३ गतेनै सरकारको राजिनामा मागेको प्रचण्डले वताए । सन्देश सभालाई आफुहरुले जनतासंग आत्माआलोचित हुने आत्मालोचना सभा भनेको वताए ।
जेन्जी आन्दोलन पछि मुलुकमा आएको राजनितीक संकटको अवस्थामा भाद्र २६ गते रातभरी आफुहरु नसुतेको वताउदै राष्ट्रपति र सेना प्रमुख संगको संवादमै माधव नेपाल र आफु रहेर यो संविधान र प्रणालीलाई कसरी रक्षा गर्न सकिन्छ भन्ने हिसावले सघन छलफल गरेर मुलुकलाई र प्रणालीलाई वचाएको वताए । आफुहरुको १७ वटा बामपन्थी पार्टिहरु संग एकता भईसकेको र यो नेपालको इतिहाँशमा पहिलो पटक भएको प्रचण्डले सुनाए । अन्य वामपन्थी पार्टिहरुसंग मात्रै हैन । एमालेका ईमान्दार नेता कार्यकर्ताहरुलाई कम्युनिष्ट आनदोलन वचाउनका लागि केपि ओलीको पंञ्जावाट वाहिर निस्कन प्रचण्ले अनुरोध गरे । मुलुकको रक्षाका लागि नेपाली काँग्रेससंग पनि आफुहरुको निरन्तर संवाद भईरहेको प्रचण्डले वताए । निर्वाचन हुँदैन की भन्ने भ्रममा नपर्न अनुरोध गर्दै प्रचण्डले चुनाव फागुन २१ मै हुन्छ र गर्नुपनि पर्दछ भन्ने आफ्नो पार्टिको मान्यता रहेको वताए । प्रधानमन्त्री शुसिला कार्की तर्फ ईङगित गर्दै चुनावको वतावरण मिलाउन प्रधानमन्त्रीले यो नेता संग भेट्छु उ संग भेट्दिन भन्न नहुने भन्दै जनमत भएका दलहरुका नेतालाई नभेट्ने जनमत नभएका दलका नेताहरुलाई मात्रै भेटेने तरिका ठिक नभएको वताए ।
सन्देश सभाका अर्का वक्ता नेपाली कम्युनिष्ट पार्टिका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालका १७ वटा कम्युनिष्ट पार्टिहरु मिलेर वनेको नेपाली कम्युनिष्ट पार्टि नेपालको बामपन्थी पार्टिहरुको केन्द्र वनेको वताए । काँग्रेस एमालेको दुई तिहाईको दम्भ र केपि ओलीको अहंकारले वालुवाटारवाट हेलीकोप्टर चढेर भाग्नुपरेको नेपालले वताए । जनताका कुरा नसुन्ने, भष्टाचार नियन्त्रण गर्न नसक्ने, स्वेच्छाचारी प्रवृतिले विनास निम्तिएको भन्दै नेपालले त्यो प्रवृतिको सुधार गर्नका लागि आफुहरुको लडाई रहेको वताए । सोमनाथ प्यासीको नाम लिदै नेपालले हिजो संगै काम गरेको ईमान्दार नेता हुनुहुन्छ उहाँ भन्दै प्यासीलार्ई आफुसंग जोडिन अनुरोध गरे । नेपाली कम्युनिष्ट पािर्टको पक्षमा जनलहर तिव्र गतिमा वढिरहेको जेन्जीहरु पनि जोडिईरहेको मुस्लिम समूदायका जन समुदायहरु पनि जोडिएको भन्दै अव नेपाली कम्युनिष्ट पार्टिमा उर्लेको जन लहरलाई कुनै पनि तागतले रोक्न नसक्ने वताए ।
कार्यक्रमका अर्का वक्ता नेपाली कम्युनिष्ट पार्टिका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गण्डकी प्रदेशका १८ वटै संघिय निर्वाचन क्षेत्र र ३६ वटै प्रदेश सभाका सिटहरुमा विजय हाँसिल गर्दै गण्डकी प्रदेशलाई लाल किल्ला वनाउनुपर्ने वताए । नेपाली कम्युनिष्ट पार्टिका अर्का नेता तथा पूर्व उप प्रधानमन्त्री भिम रावलले नेपाली कम्युनिष्ट पार्टिको विकल्प अन्य पार्टि हुन नसक्ने भन्दै एमालेको ओरालो यात्रा सुरु भएको वताए । नेपाली कम्युनिष्ट पार्टिका नेता तथा गण्डकी प्रदेशका ईञ्चार्ज दिननाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, चिरन पुन पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली कम्युनिष्ट पार्टिका नेता तथा गण्डकी प्रदेशका ईञ्चार्ज श्रीनाथ वराल , स्वागत साविक नेकपा माओवादी केन्द्रका गण्डकीका अध्यक्ष गायत्री गुरुङ र धन्यवाद ज्ञापन साविक नेपाल समाजवादी पार्टीका नेता तथा नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज बिश्वनाथ शर्माले गरेका थिए । कार्यक्रमको विच विचमा कलाकारहरुले सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।