पोखरा पौष २३,
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम रहेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त १९ सिट मध्ये १८ निार्वचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । १ जना भने राष्ट्रपतिवाट मनोनित हुनेछन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रमुख ३ दल नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी सहित मधेशवादी दलहरु विच भागवण्डा गरेर सिट वाडफाड गर्ने चर्चा चलेको भएपनि हालसम्म दलहरु निष्कर्षमा पुगेका छैनन् । जेन्जी आन्दोलनको मर्म विपरित नेपाली काँग्रेस र एमालेले आगामी प्रतिनिधि सभाको निर्वाचन भागवण्डा गरेर लड्ने तयारी गरिरहेको भन्ने समाचार वाहिरिएका वेला त्यसको सवत्र आदलोचना भईरहेकोे छ । यसै परिवेसमा राष्ट्रिय सभाको निर्वाचनमा दलहरुले मागवण्डा गर्ने हुन् या एक्ला एक्लै चुनाव लड्ने हुन् त्यो निर्णयमा दलहरु अझै पुगिसकेका छैनन् ।
राष्ट्रिय सभा निर्वाचनमा काँग्रेस एमाले मिलेर चुनाव लडे भने उनिहरुको मतभार धेरै छ यस हिसावले १८ वटै सिट काँग्रेस एमालेको पोल्टामा पर्ने, नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी मिलेमा एमाले वाहिरिने अवस्थामा दलहरुले च्याखे थापेको देखिन्छ । दलहरु एक्ला एक्लै चुनाव लडेको अवस्थामा भने परिणाम मिश्रीत आउने देखिन्छ । यसै बिच आज गण्डकी प्रदेशको रिक्त दूई पदका लागि आज प्रदेश निर्वाचन कार्यलयमा उमेद्धवा मनोनयन हुने छ । गण्डकीमा नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको पदावधि सकिएर दुई सिट खाली भएको हो ।
