पोखरा पौष २९,
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्यहरुलाई आज सपथ ग्रहण गरार्ईएको छ । पार्टाीको केन्द्रिय कार्यलय पेसिरडाँडामा आयोजित कार्यक्रममा सो पाटीृका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपाललाई पार्टीका जेष्ठ सदस्य नन्द कुमार प्रसाईृले सपथ गराएका थिए भने संयोजक प्रचण्डले केन्दीय सदस्यहरुलाई सपथ गराएका थिए । विभिन्न १९ राजनितीक दल र अन्य विभिन्न घटकहरुवाट एकतामा आएकाहरुलाईलाई समायोजन गर्नुपरेकाले सो पार्टीको केन्द्रीय समिति दुई हजार ४ सय ९९ सदस्यीय वनाईएको नेकपाले जनाएको छ ।
पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा गएर सपथ लिन नसक्नेहरले प्रदेश र जिल्लावाट पनि भचर््ाुयल माद्यमवाट सपथ लिएका थिए । यसै विच गण्डकी प्रदेशको पोखरा लगायत विभिन्न जिल्लाहरुमा पनि केन्दीय सदस्यहरुले भर्चुयल माद्यमवाट सपथ लिए । पोखरामा आयोजित सपथ कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्दीय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज दिननाथ शर्मा, श्रीनाथ वराल , विश्वनाथ शर्मा, नेताहरु तुल वहादुर गुरुङ, राजकाजी गुरुङ लगायत अन्य केन्द्री सदस्यहरुले सपथ लिएका छन् ।
सो अवसरमा मन्तव्य ब्यक्त गर्दै गण्डकी प्रदेशका ईञ्चार्ज दिननाथ शर्माले विभिन्न पार्टी र घटकहरुवाट आएका सवै सदस्यहरु विच भावनात्मक एकता हुनुपर्ने वताए । यो पार्टी वाट आएको , उ पार्टीवाट आएको भन्ने कुरा अव छैन अव हामी सवै नेपाली कम्युनिष्ट पार्टीका सदस्य हौ शर्माले भने । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सवै शक्तिलाई परास्त गर्ने हिसावले पार्टी लाग्नुपर्ने त्यसका लागि आक्रामक शैलीले पार्टी पंती काममा खट्नुपर्ने शर्माले वताए । मुलुकमा आएको परिवर्तन र जेन्जी युवाहरुले खोजेको सुशासन र जवाफदेहीता आजको मुलुकको प्रमुख आवश्यकता भएको वताउदै त्यस काममा नेपाली कम्युनिष्ट पार्टी खरो रुपमा उत्रने शर्माले वताए । नेपाली कम्युनिष्ट पार्टीमा पछिल्लो समयमा निक्कै आकर्षण वढेको भन्दै शर्माले चुनावमा नेपाली कम्युनिष्ट पार्टीले कसैसंग तालमेल नगरि एक्लै चुनाव लड्ने वतए । आफ्नै वल वुतामा चुनाव लडेर हामीले श्रेष्ठता हाँसिल गर्छौ नेता शर्माले भने ।
