पोखरा माघ, २,
नेपालको पुरानो प्रजातान्त्रीक पार्टी नेपाली काँग्रेस विभाजित भएको छ । काँग्रेस महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले आव्हान गरेको विषेश महाधिवेसनमा बहुमत महाधिवेसन प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गरेसंगै काँग्रेस औपचारिक रुपमा विभाजित वनेको हो । शेर वहादुर देउवा सभापति र पूर्ण वहादुर खड्का कार्यवहाक सभापति रहेको काँग्रेसले दुई महामन्त्री गगन कुमार थापा र विश्व प्रकाश शर्मा तथा सह महामन्त्री फरमुल्लाह मन्सुरलाई कारवाही गरेको र अन्य नेताहरुलाई पार्टीमा फर्कन आव्हान गरेको छ एकातिर भने अर्का तिर विधान अनुसार आयोजना गरिएको विषेश महाधिवेसनमा उपस्तिथ हुन पार्टीका सभापति सहित अन्य पदाधिकारी र महाधिवेसन प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको अवस्थामा बहुमत महाधिवेसन प्रतिनिधि सहभागि भएर नेतृत्व चयन गरिसकेको र विषेश महाधिवेसनले गगन कुमार थापालार्ई सभापतिमा निर्वाचित गरिसकेकोले यो नै आधिकारीक काँग्रेस हो भन्दै थापाले विहिवारनै निर्वाचन आयोगलाई जानकारी गराईसकेका छन् । यस्तो अवस्थामा काँग्रेसको आधिकारितकता गगन समूहले पाउने संभावना प्रवल रहेको देखिन्छ ।
नेपाली काँग्रेसका पुराना नेताहरु, पुरानो सोच र शैली भएका पुरानो पुस्ताका नेताहरुले नयाँ पिडिलाई अर्थात नयाँ पुस्तालाई अपमान गर्दा, नटेर्दा र मिनिमाईज गरेर पेल्न खोज्दा काँग्रेसमा पुरानो पुस्ता पुरै पाखा लाग्ने संभावना देखिएको छ । नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा र उनको टिमको पुरानो सोच, काम गर्ने तौर तरिका, तथा आफुहरुलाई सधैभरी केन्द्रमा राखेर सोच्न प्रवृतिले गर्दा काँग्रेसमा युवाहरुले विद्रोह गरे । विषेश महाधिवेसनको हलवाट तत्कालिन महासचिव गगन कुमार थापाले हामी कसैका दास होईनौ भनेर भाषण गरेपछिको गगटाहट तालीले नेपाली काँग्रेसमा नयाँ पुस्ताले पुरानो पुस्ताको हैकम तोडेको संकेत गरिसकेको थियो । शेरवहादुर देउवा ५ पटक प्रधानमन्त्री भईसक्दा र उमेरले नेटो काटिसक्दा पनि फेरि मुलुकको प्रधानमन्त्री हुन खोज्ने र प्रधानमन्त्री वन्नको लागि जे जस्तो संझौता जो कसैसंग अर्थात संसदीय मूल्य मान्यतालाई तल्याउदै पहिलो ठूलो दल र दोस्रो ठूलो दल त्यसमाथी पनि निती , सिदान्त फरक भएको नेकपा एमालेसंग गठवन्धन गर्ने जुन खालको रवैया अपनाए त्यसको काँग्रेसमा भित्र भित्रै आक्रोस पैदा गरेको थियो । गगन कुमार थापाले संसदीय दलको नेतामा शेर वहादुर देउवासंग प्रतिष्प्रर्धा गर्दाको वेला देखिनै काँग्रेसका पुरानो पुस्ताको हैकमका विरुद्ध नयाँ पुस्ताले एक खालको विद्रोहको संकेत गरेको थियो । संस्थापन पक्ष अर्थात देउवाको समूहमा भएका सवैले घुमी घुमी अवसर र मौका छोपिरहने तर अर्को पक्षलाई भागवण्डाका नाममा केही भाग दिएर संवोधन मात्रै गरिरहने जुन तरिका थियो त्यसले पनि काँग्रसमा भित्रभित्रै आक्रोस फैलिएको थियो । त्यसैले पनि वहुमत महाधिवेसन प्रतिनिधिहरुले गगन , विश्वप्रकाशको साथ दिए ।
भदौ २३ र २४ गतेको जन्जी आन्दोलनको क्रममा भाद्र २३ गते जुन खालको दमन र हत्या भयो २३ गतेनै काँग्रेसको गगन समूहले सभापति देउवालाई सामाजिक सञ्जाल खुला गर्न तथा सरकारवाट फिर्ता हुनका लागि दवाव दिएका थिए । तर देउवाले सुनेनन् उनलाई प्रधानमन्त्री पदकै लोभ थियो । काँग्रेस सरकारवाट फिर्ता भएको भए २४ गतेको घट्ना हुने थिए । फलस्वरुप २४ गतेको घट्ना मुलुकमा भयो , ठूलो नोक्सानी मुलुकले वेहोर्नुप¥यो । त्यस पछि जेन्जी आन्दोलको माग र मर्मलाई आत्मसाथ गरेर पुरानो नेतृत्वले छोड्नुपर्ने र त्यसका लागि महाधिवेसनको कुरा काँग्रेसमा उठ्यो तर संस्थापन पक्ष महाधिवेसनका लागि तयार भएन मात्रै हैन उसले जेन्जी आन्दोलनलाई आन्दोलननै हैन भन्दै र्ईन्कार गर्न थाल्यो अर्थात एमाले अध्यक्ष केपि शर्मा ओलीको लाईनमा गयो । त्यसपछि झनै काँग्रेसमा युवा नेताहरु आक्रोसित भए । संसथापनसंग वारकी पारको लगाई लड्न थाले । फलस्वरुप विषेश महाधिवेसन आव्हान गरे वशुमत प्रतिनिधिहरुले उनिहरुलाई साथ दिए उनिहरुको जित भयो । संस्थापन पक्षको समर्मनाक हार भएको छ । पार्टी भनेकै शेर वहादुर देउवा र पूर्ण वहादुरहरु हुन् । हामीले जे भनेपनि हुन्छ , हामीले भनेको नमान्नेहरुलाई कारवाही गरिन्छ काँग्रेसका मानिसहरु दाँयाँवाँया जाँदैनन् । हामीले जे भन्यो त्यही हुन्छ अन्तममा आएर गगन विश्वप्रकाशहरु हामीसंगै लम्पसार पर्न आउनछ्न भन्ने विश्लेषण गर्दै वसेका संस्थापन पक्षका नेताहरु यतिवेल वाङ खाएर वसेका छन् । हिजो संम्म शेर वहादुरले गलत गरे भन्ने शेरखरहरु पनि देउवाकै लाईनमा पुगेको छन् अर्थात शेखरहरुले पनि परिवर्तनलाई आत्मसाथ गर्न सकेनन् । काँग्रेसमा त्यति लामो विरासत बोकेको कोईराला परिवार पनि सही मौकामा चुकेको छ ।
जुनसुकै राजनितीक पार्टी पनि गतिशिल हुनुपर्दछ । यथास्थितीमा वस्ने चाहे मानिस होस् वा राजनितीक दल वा अन्य कुनै संघ संस्था तिनिहरुको पतन निस्चित छ । परिवर्तनलाई आत्मसाथ गर्न नसक्नेहरु, परिवर्तनको वेगलाई पहिचान गर्न नसक्नेहरु, अथवा अहिलेको समयलाई चिन्न नसक्नेहरु जाने भनेकै पतनको दिशातिर हो । नेपाली काँग्रेस होस् वा नेकपा एमाले अथावा अन्य कुनै पनि राजनितकि पार्टी अव परिवर्तनलाई आत्मसाथ गरेर आफै परिवर्तन भएनन् भने तिनीहरुलाई जनताले विश्वास गर्दैनन् र उनिहरु सिद्धने अवस्थामा पुग्दछन् काँग्रेसमा भएको पनि यही हो । हिजो हामीसंग वहुमत थियो, हामीले जनताको धेरै मत ल्याएका भनेर अहिले हुँदैन । जनताको त्यो मत सधैभरिका लागि हुँदैन । एउटा घट्ना क्रममा चुकियो भने जनताको मत अर्कोतिर डङाईभर्टट हुनजान्छ । त्यसैले परिवर्तन हुनु, सुधारिनु अकाट्या सत्य कुरा हो । काँग्रेसका पुरानो सोच भएका नेताहरु र एमाले अध्यक्ष ओलीको सोच १०० प्रतिशतनै मिल्दछ त्यसैकारण काँग्रेसलाई परिवर्तन गर्ने गगन विश्व प्रकाशहरुको विद्रोहले बैधानिकता पाएको देखिन्छ । जे जस्तो अवस्था भएपनि मुलुकको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसका पुराना नेताहरुलाई नयाँ पुस्ताका नेताहरुले सधै यसरी चल्दैन भनेर गतिलो पाठ सिकार्ईदिएका छन् । शेर वहादुर देउवा जेन्जी आन्दोलनको क्रममा त्यति धेरै पिटाई खाएर पनि नसुधारिएको अवस्थामा आफ्नै पार्टीका युवा नेताहरु र उनिहरुको समर्थनमा लागेका आम काँग्रेसका कार्यकर्ताहरुले गतिलो पाठ सिकारएर सदा सदाका लागि नेतृत्वको लालसावट मुक्त गरिदिएका छन् । पुराना नेताहरुको दासताको साङ्गो तोडिदिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।