पोखरा फागुन २९,
हालै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा म्याग्दी जिल्लावाट निर्वाचित सांसद महाविर पुनसंग अभद्र व्यवाहार गर्ने बिकास गुरङलाई कास्की प्रहरीले पक्राउ गरेको छ । यही फागुन १५ गते पोखराको पृथ्वीचोमा सांसद महाविर पुन लगायतको टोलीले आफ्नो किताव “महाबिर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा एक जना ब्यक्तिले उनि माथि अभद्र व्यवाहार गरेका थिए । कतिपय मानिसहरुले स्वतस्फुर्त रुपमा महाविर पुनको पुस्तक किन्दै उनिसंग फोटो खिचाईरहेका वेला अचानक एक ब्यक्तिले सांसद पुनलाई अभद्र व्यवाहार गरेको र थुक्क भनेर हिडेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो ।
तत्पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीले सुक्ष्म अनुसान्धन थालेको र ति ब्यक्तिहरुको खोजी गरिरहेको थियो । यसरी खोज्दै जाँदा उक्त घटनामा संलग्न कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई कास्की प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि वहादुर वस्नेतले जानकारी दिए । उनलाई फागुन २८ गते पोखरा म.न.पा. वडा नं. ९ महेन्द्रपुलबाट पक्राउ गरीएको थियो । उनलाई थप अनुसन्धान प्रक्रिया अगाडी वढाईएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका विकास गुरुङ यसभन्दा अगाडी तीन (३)पटक लागुऔषध मुद्दामा सजाय पाएको समेत प्रहरी अभिलेखबाट खुल्न आएको वस्नेतले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।