पोखरा फागुन ३०,
पोखराका पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्ला ईञ्चार्ज स्व कृष्ण थापाको पोखरा १६ स्थित तुलसी घाटमा आज अन्तेष्ठी गरिएको छ । यस अघि स्व. थापाको शवलाई विहान ८ वजे देखि १०.०० वजे सम्म पोखरा ९ शान्तिवन स्थित नेकपा एमाले कास्कीको कार्यलयमा राखिएको थियो । उनको पार्थिव शरिरमा नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुव्वा गुरुङ लगायत अन्य नेता तथा कार्यकर्ता, विभिन्न राजनितीक दलका नेता कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
यसै गरि पोखरा महानगरपालिकाका पूर्व प्रमुख समेत रहेका थापाको शवलाई १०.१५ वजे देखि १.४५ वजे सम्म अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा ९ स्थित पोखरा महानगरपालिका कार्यालय (दमकल)मा राखिएको थियो । त्यहाँ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उप प्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु, कर्मचारी लगायतले अन्तिम श्रद्धाञ्जली दिएका थिए । त्यसपछि थापाको शवलाई उनको निवास पोखरा महानगरपालिका वडा नं १६ मा लागिएको थियो निवासमा अन्तिम श्रद्धाञ्जली पश्चात सवलाई सवयात्रा सहित पोखरा महानगरपालिका वडा नं १६ स्थित तुलसी घाटमा लगेर अन्तेष्ठी गरिएको छ ।
यसै विच नेकपा एमाले कास्कीले स्व. थापाको शोकमा फागुन ३० गते देखि चैत्र २ गते सम्म ३ दिन आधा झण्डा झुकाउने, पार्टी कार्यालयमा शेक पुस्तिका राख्ने र यस अगाडि तय भएका पार्टीका सम्पूर्ण कार्यक्रमहरु स्थगन गर्ने एमाले कास्कीका अध्यक्ष वैन वहादुर अधिकारी क्षेत्रीले जानकारी दिएका छन् । यता पोखरा महानगरपालिकाले महानगरपालिकाका पूर्व प्रमुख कृष्ण थापाको निधनमा शोक मनाउनका लागि चैत्र १ गते आईतवार पोखरा महानगरपालिका भरीका अत्यावश्यकीय सेवा वाहेकका कार्यालयहरुमा विदा दिएको छ ।

