पोखरा चैत्र १,
राष्ट्रिय मान्यता प्राप्त ६ राजनितीक दलले निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको नाम सिफारिस गरेका छन् । निर्वाचन आयोगले दिएको अन्तिम दिन अर्थात आज आईतवार सवै दलले आ आफ्नो दलवाट बिभिन्न क्लष्टर मिलाएर समानूपातिक सांसद सिफरिस गरेका हुन् । संसदमा सवै भन्दा ठूलो दल रास्वपाले ५७ जना संसाद समानुपातिकमा जितेको छ । आज बसेको सो पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ । निर्वाचन अयोगले नाम सार्वजनिक गर्ने भएपछि पार्टीले सार्वजनिक नगर्ने झाले वताए ।
सांसदको दोस्रो दल वनेको नेपाली काँग्रेसले समानुपातिकमा २० सांसद पाएको छ । काँग्रेसले २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । जस अनुसार खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही, अर्जुननरसिंह केसी रहेका छन् त्यसै गरि आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी, भीष्मराज आङ्देम्बे मधेशी कोटाबाट निनुकुमारी कर्ण,रेखाकुमारी यादव र चन्द्रमोहन यादव ,दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली ,थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार र मुस्लिम कोटाबाट शाहजान खातुन रहेका छन् ।
एमालेले समानुपातिक तर्फ पाएका १६ जनामा जनजाति महिला तर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, पुरुष तर्फ रामबहादुर थापा मगर, कुलभक्त शाक्य, खस आर्य तर्फ महिलामा पद्मा अर्याल, टुकाभद्रा हमाल , एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) पुरुषतर्फ गुरु प्रसाद बराल, पुष्पराज कंडेल, थारु तर्फ कृपाराम राना (पुरुष) दलित महिला तर्फ विष्णुमाया वी.के. र नीता घतानी मधेसी तर्फ महिला रिङ्ला यादव, यशोधा कुमारी यादव पुरुष तर्फ चन्द्रेश्वर मण्डल र मुस्लिम महिलामा साजिदा सिद्दीकी रहेका छन् ।
त्यसै गरि ९ जना पाएको नेकपाले खस आर्य तर्फ बलावती शर्मा र प्रमेश हमाल, अपाङ्गवाट प्रेम बहादुर बयक, आदीवासी जनजाती तर्फवाट भीमकुमारी बुढा, परशुराम तामाङ, मधेसीवाट जोगकुमार बर्बरिया यादव, दलीतवाट गणेश विश्वकर्मा र पार्वती विश्वकर्मा र थारी वाट निराशा चौधरी डगौराको नाम आयोगमा पठाएको छ । राप्रपाले समानुपातिकमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामालार्य सिफारिस गरेको छ । त्यसै गरि श्रम संस्कृति पार्टीले जनजाती महिलावाट मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूको नाम सिफारिस गरेको छ ।
