पोखरा चैत १३,
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बालेन्द्र शाह संविधानको धारा १७६ को उप धारा १ अन्तर्गत नियुक्त भएका हुन् ।आज राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्री पदकोे सफथ गराए । बालेन्द्र प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका हुन् । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । निर्वाचन अगाडिनै रास्वपाले बालेन्द्रलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको थियो ।
सनातन वैदिक र बौद्धिक परम्परागत अनुसार १२ः३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो ।
शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु शुसिला कार्की, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बावुराम भट्टराई , मन्त्री परिषदका पूर्व सदस्य खलिराज रेग्मी, प्रधानन्यायाधिष प्रकाशमान सिंहं राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, रास्वपाका अध्यक्ष रवि लामिछने विभिन्न राजनितीक पार्टीका नेता, लगायत सरकारका उच्च पदस्थहरूको सहभागिता थियो ।
आजै राष्ष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा १५ सदस्यीय मन्त्री मण्डल गठन गरी कार्याभार समेत विभाजन गरेका छन् । बालेन्द्र शाहले प्रधानमन्त्री सँगै रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । बालेन्द्र शाहको मन्त्री मण्डलमा मन्त्री हुनेहरुमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सुधन गुरुङलाई तेस्रो वरियता सहित गृह मन्त्रालयको जिम्मेवारी दिईएको छ । शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विराजभक्त श्रेष्ठलाई ऊर्जाको मन्त्रीको जिम्वेवारी दिईएको छ । खड्क (गणेश) पौडेलले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् । सस्मित पोखरेललाई शिक्षा, बिज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री वनाईएको छ । निशा मेहतालाई स्वास्थ्य, विक्रम तिमिल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री वनाईएको छ । सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम , कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा गीता चौधरी र श्रम मन्त्रीको जिम्मेवारी दीपक साहले पाएका छन् । सीता वादी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन् । सवै मन्त्रीहरुलाई राष्ट्रपति पौडेलले नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितीमा सफत ग्रहण गराएका थिए । सवै मन्त्रीहरुले आ आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरिसकेका छन् ।

