पोखरा चैत २३,
आज देखि सरकारी कार्यालय, शिक्षण संस्था तथा वित्तिय कारोवार हुने संस्थाहरु विहान ९ वजे देखि सञ्चालन हुनेछन् । हिजो वसेको मन्त्री परिषद वैठकले चैत्र २३ गते देखि लागु हुनेगरि सवै सरकारी कार्यालयहरु विहान ९.०० वजे देखि साँझ ५.०० सम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सो सूचना हिजोनै रापत्रमा समेत प्रकाशित भईसकेको छ । शनिवार र आईतवार दुई दिन विदा दिने निर्णय समेत सरकारले गरेको छ । यो संगै सरकारी कार्यालयहरुमा अव ५ दिन मात्रै काम हुने भएको छ । सोमवार देखि शुक्रवार सम्म काम हुनेछ भने शनिवार र आईतवार विदा हुने भएको छ । सरकारले तत्कालका लागि ईन्धनको समस्या देखाएर दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको भएपनि यसलाई नियमित गर्दा हुने भनेर धेरै प्रतिक्रियाहरु आएका छन् ।
सरकारको यो निर्णयलाई धेरैले स्वागत गरेका छन् । यस अगाडि विहान १० वजे देखि ५ वजे सम्म र मंसीर देखि माघ सम्म १० वजे देखि ४.०० वजे सम्म कार्यालय सञ्चालन हुने समय निर्धारण गरिएको थियो । यो निर्णय संगै सेवा ग्राहीहरुलाई पनि सरकारी काम सम्पन्न गर्न थप समय प्राप्त भएको छ भने शनिवार र आईतवार विदा हुँदा सवारी साधनमा खर्च हुने ईन्धन लगायत अन्य धेरै प्रकारका खर्चहरु कटौती हुने र राज्यको ठूलो धनरासी वचत हुने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।