पोखरा वैशाख १५,
नेपाली कम्युनिष्ट पार्टीले प्रदेश ईञ्चार्ज र संयोजकहरु तोकेको छ । केन्द्रिय कार्यसंयोजन समितिको वैठकले ७ वटै प्रदेशका ईञ्चार्ज, उपत्याका विषेश र सम्पर्क समिति ईञ्चार्ज तोकेको हो । नेकपाको कोशी प्रदेशको इञ्चार्जमा राजेन्द्र राई, मधेशको ईञ्चार्जमा महिन्द्र राय यादव, बागमतीमा डा. गङ्गालाल तुलाधर, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा चन्द्रबहादुर शाही र सुदूरपश्चिममा डा. भीम रावललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य र सम्पर्क इन्चार्जमा यशोदा सुवेदीलाई जिम्वेवारी दिईएको छ ।
यसैगरी नेकपाले प्रदेश संयोजकहरू पनि तोकेको छ । कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बागमतीमा सजल सहयात्री, गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दूल हुसेन खान, सुदूरपश्चिममा हरिराम चौधरी, उपत्यकामा विष्णु लामिछाने र सम्पर्क संयोजकमा तारानाथ दाहाललाई जिम्मेवारी दिइएको नेकपा श्रोतले जनाएको छ । बैठकले पाटीृको केन्द्रिय महाधिवेसन मंसीरमा गर्ने निर्णय गर्दै त्यस अगाडि वडा, पालिका, जिल्ला र प्रदेश अधिवेसन गरिसक्ने निर्णय गरेको छ । वैठकले केन्द्रिय सदस्यहरुको जिम्वेवारीका सम्वन्धमा भने कुनै निर्णय गरेको छैन ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।