पोखरा बैशाख १५,
आज देखि विद्यालयहरुमा नयाँ शैक्षीक सत्र सुरु भएको छ । वैशाख १५ गतेवाट शैक्षीक सत्र सुरु गर्ने निर्णय सरकारले गरेको थियो । निजी तथा सामूदायीक विद्यालयहरुले अव देखि बैशाख १५ वाट पठनपाठन सुचारु गर्नुपर्ने छ । शैक्षीक सत्र सुरु भएसंगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनले तोके वमोजिमका वाहेकका कुनै पनि शुल्क नलिन विद्यालयहरुलार्य निर्देशन दिएको छ । यदी यस्ता खालका कुनै शुल्क विद्यार्थीहरुसंगवाट लिईएको भए फिर्ता गर्न समेत मन्त्रालयले भनेको छ ।
सामुदायीक विद्यालयहरुमा माद्यमिक तह सम्मको शिक्षा निशुल्क छ तर केही सामुदायीक विद्यालयहरुले विभिन्न वहानामा विद्यार्थीहरुसंगवाट शुल्क असुलिरहेका छन् । कही निजी श्रोतका शिक्षहरुलाई तलव खुवाउन भन्दै त कही कम्युटर शिक्षाका लागि भन्दै शुल्क असुल्ने र भर्ना शुल्क पनि लिने गरेको पाईन्छ । त्यसै गरि निजी विद्यालयहरुले सोही विद्यालयमा पढिरहेको विद्यार्थी अर्को कक्षामा जाँदा भर्ना फि भनेर मोटो रकम असुल्ने , ग्रेड वृद्धि भनेर रकम असुल्ने तथा अनेकौ शिर्षक खडा गरेर विद्यार्थीहरुसंग चर्को रकम असुल्ने गरेको र अभिभावकहरु चुपचाप शुल्क तिर्न वाद्य भएको अवस्था विद्यमान छ । सरकराको यो निर्णय सहित अव विद्यार्थी तथा अभिभावकहरुलाई राहत हुने भएको छ । सरकारले निर्णय गरेपनि कतिपय विद्यालयहरुले अझै पनि विद्यार्थीहरुसंगवाट अनेकौ नयाँ नयाँ शिर्षक खडा गरेर रकम असुल्न सक्ने भएकाले स्थानिय तहहरुले अनुगमनलाई तिव्रता दिनुपर्ने देखिन्छ । विद्यालयहरुलाई नियमन गर्ने जिम्मा पाएको स्थानिय तहहरुले विगतमा कडाई नगरेका कारण विद्यार्थीहरु अनावश्यक शुल्क तिर्न वाद्य छन् ।
