पोखरा बैखाख २२,
पोखरामा सोमवार सुकुम्वासीहरुले बिरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र वुझाएर उनिहरुले पोखरा नगरका सहिदचोक, रत्नचोक, सृजनाचोक, , पृथ्वीचोक र नयाँवजार हुँदै पोखरा महानगरपालिका कार्यालय सम्म विरोध प्रदर्शन गरेका थिए । सहिदचोकमा कोण सभा गरेका उनिहरु पोखरा महानगरपालिका कार्यालयको अगाडि पुरै सडक ढाकिने गरि उपस्थित भएका थिए । पोखरा महानगरपालिका अगाडि पनि कोण सभा गर्दै सुकुम्वासी नेताहरुले आफुहरुलाई उचित व्यवस्थापन विना हटाईए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।
सरकारले मुलुकभरीनै सार्वजनिक जग्गामा वनेका संरचनाहरुलाई खाली गर्ने निती लिएसंगै त्यसको असर पोखरामा पनि देखिएको हो । यसै क्रममा पोखरा महानगर पालिकाले वैशाख ४ गते ३५ दिनको समय दिएर सर्वजनिक जग्गामा वनेका संरचना खाली गर्न भनेपछि पोखराका सुकुम्वासीहरु त्रसित वनेका छन् । यस अघि सुकुम्वासीहरुले आईतवार पोखरामा पत्रकार सम्मेलन गर्दै आफुहरुलाई विकल्प विना हटाउन खोजिए प्रतिवाद गर्ने भन्दै आन्दोलनको घोषणा थिए । भूमिहिन तथा अव्यववस्थित वसोवासी सरोकार संघर्ष समितिको नामवाट उनिहरु संगठित भएका छन् । संघर्ष समितिका संयोजक प्रेम वहादुर गुरुले उचित विकल्प विना आफुहरुलाई हटाउन खोजिए संघर्षमा उत्रर्ने वताए । सुकुम्वासीहरुले पोखरा महानगरपालिकामा ज्ञापन पत्र वुझाएका छन् । आक्रोसित सुकुम्वासीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको विरोधमा नारावाजी गरेका थिए । उनिहरुले सुकुम्वासीलाई उठिवास लगाउन पार्ईदैन, यस्तो सरकार चाहिदैन, आवासको हक ग्यारेन्टी गर, डोजर आतंक वन्द गर, सुकुम्वासीको उचित व्यवस्थापन गर लगायतका नारा लगाएका थिए । सुकुम्वासीहरुको प्रर्दशनका कारण पोखराको पृथ्वीचोक, नयाँवजार र सृजनाचोकमा लामो समय सवारी आवागमन अवरुद्ध वनेको थियो ।

