पोखरा ,जेष्ठ ३०,
पोखरा महानगरपालिकाले शैक्षीक सत्र २०८३÷८४ का लागि कक्षा ११÷१२ मा सामुदायीक विद्यालयहरुमा अध्ययन गर्न चाहने लक्षीत वर्गका विद्यार्थीहरुका लागि आरक्षण गरिएको आरक्षीत कोटाका लागि आवेदन खुल्ला गरेको छ । यही वैशाख ३० गते देखि जेष्ठ ६ गते भित्रमा आवेद दिनका लागि महानगरपालिकाको शिक्षा महाशाखाले सूचना प्रकाशित गरेको हो । महानगरपालिकाले बेपत्ता परिवार, सहिद परिवार, जनआन्दोलन घाईते परिवार, मधेश आन्दोलन घाईते परिवारको कोटा, दलीत, जनजाती, विपन्नता, अपाङ्ग कोटा का विद्यार्थी र जेहन्दार विद्यार्थीहरुका लागि तोकिएका काजगपत्र सहित वैशाख ३० देखि जेष्ठ ६ गते सम्म महानगरपालिकाको शिक्षा महाशाखामा आवेदन दिन भनेको छ । महाशाखा प्रमुख हेम प्रसाद आचार्यले यही जेष्ठ २९ गते सूचना प्रकाशित गर्दै सो जानकारी गराएका हुन् । परिक्षा नियन्त्रण कार्यालयले जेष्ठ २८ गते राती यस वर्षको एसईइको परिक्षफल प्रकाशित गरेको भोलीपल्ट महानगरपालिकाले महानगरपालिका भित्रका सामूदायीक विद्यालयहरुमा आरक्षणकोटामा पढ्न चाहाने विद्यार्थीहरुका लागि सूचना प्रकाशित गरेको हो ।

