पोखरा जेष्ठ ३१,
अधिकृत बिक्रेता संघ पोखराले १९ औं स्थापना दिवस विविध कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।
संघले शनिवार बृहत निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना ग¥यो । शिविरमा झण्डै तीनसय जनाले बिभिन्न रोगको स्वास्थ्य परिक्षण, दाँत सम्बन्धी रोगको उपचार, स्वास्थ्य परामर्श तथा विभिन्न रोगहरुको उपचार सेवा लिएका थिए । शिविरमा दाँत सम्बन्धी रोगको निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, तथा अर्किड डेण्टल एण्ड अर्थोडन्टिक सेन्टर, रानीपौवाको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
संघले सदस्यहरू र समुदायप्रतिको सामाजिक उत्तरदायित्व वहन स्वरूप यस प्रकारको कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष तेजेन्द्र पौडेलले जानकारी दिए । हरेक वर्ष संघले स्थापना दिवसका अवसरमा यस प्रकारको स्वास्थ्य संग सम्बन्धीत एवं जन सरोकारका कार्यक्रम गर्दै आएको पनि उनले वताए । आगामी वर्षहरूमा पनि संघले आफ्ना सदस्य तथा समुदाय प्रति विशेष ध्यान दिदै बिभिन्न सामाजिक कार्यहरु गर्दै अगाडी बढ्ने अध्यक्ष प्रतिबद्धता पौडेलले गरेका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष गोबिन्दप्रसाद कर्माचार्य, पूर्व अध्यक्ष हरिराज पन्त, निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठ , संघका वरिष्ठ उपाध्यक्ष दिलिपकुमार श्रेष्ठ , महासचिब राजेन्द्र श्रेष्ठ, कार्यक्रम संयोजक ज्ञानेन्द्रनाथ गौतम लगायतले संघ मार्फत आवद्ध सदस्य साथीहरु तथा समाजका हरेक वर्गलाई लाभान्वित हुने खालका सामाजिक तथा रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका थिए ।
संघले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा एक हप्ता सम्म खेलकुदहरू लगायत सदस्य आवद्ध बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।