पोखरा असार ३२,
अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही आषाढ ३० गते राती सवा १० वजे पोखरा महानगरपालिका वडा नं २५ स्थित सेती गण्डकी नदी किनारवाट ती टिप्परहरुलाई नियन्तणमा लिईएको होे । सो ठाँउमा अवैध रुपमा बालुवा उत्खनन भइरहेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोलीले गएको थियो । ३ वटा टिप्परमा धमाधम बालुवा भर्दै गरेको देखेपछि कास्की प्रहरीले गोरखा जिल्ला स्थायी ठेगाना भई हाल पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्ने २६ बर्ष का सुजन गुरुङ र उनले चलाएको ग १ क ४४७२ नं. को टिप्पर , रुकुम जिल्ला स्थायी ठेगाना भई हाल पोखरा म.न.पा. वडा नं. १ सिम्पानी बस्ने २६ वर्षका विकास घर्ति र उनले चलाएको न्ब्ब्००७६ नं.को टिप्पर र ओखलढुङ्गा जिल्ला स्थायी ठेगाना भई हाल पोखरा म.न.पा. २५ याम्दी बस्ने २५ बर्षका राजु मगर र उनले चलाएको न्ब्ब्०१२४ नं. को टिप्पर लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।
ती टिीपर र टिप्पर चलाउने चालकहरुलाई आवश्यक कारबाहिको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएकोमा उक्त कार्यालयबाट जनही रु.१५,०००।– (अक्षरुपी पन्ध्र हजार) जरिवाना गरी छाडिएको समेत पासवानले जानकारी दिए ।
