पोखरा साउन, २
सार्वजनिक वसमा यात्रा गरिरहेकी एक महिलाको पर्स चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते कास्की जिल्लाको रुपा गाँउपालिका वडा नं ५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नं. को बसमामा यात्रा गरिरहेकी स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नं. १३ राङ्खोला बस्ने २९ वर्षकी अनिता श्रेष्ठको रातो रङको लेडिज पर्स सोही बसमा यात्रा गरिरहेका ब्यक्तिहरुले चोरी गरेका थिए । सो खवर पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न निम्न ३ जनालाई पक्राउ गरेको थियो । उनिहरुको साथवाट चोरी भएको उक्त पर्स भित्र रहेको सुन जस्तो देखिने पहेँलो रंगको हार १ थान (उक्त हार टुक्रा टुक्रा गरी ३ जनाले बाँडेको टुक्राहरु), र चाँदीको बेरुवा औंठी २ थान वरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए । उनिहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा रौतहट जिल्ला चन्द्रपुर नगरपालिकाका गुरु प्रसाद बजगाई,रौतहट जिल्ला चन्द्रनिगाहापुर न.पा. वडा नं. ८ घर भई हाल पोखरा म.न.पा. वडा नं. ९ शान्तिवने रविन खड्का र झापा जिल्ला कनकाई नगरपालिका वडा नं. ८ घर भइ हाल पोखरा म.न.पा. वडा नं. ६ खहरे बस्ने सुर्य भन्ने टेक बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
