पोखरा भाद्र २३,
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले गण्डकी प्रदेश अन्र्तगतका विभिन्न जिल्लाका प्रहरी कर्मचारीहरुलाई ड्राईभिङ लालिम दिएको छ । साउन १६ गते देखि बहालवाल प्रहरी कर्मचारीलाई सिपयुक्त बनाउने उद्देश्यका साथ ५० जना प्रहरी कर्मचारीहरुलाई प्रदान गरेको हलुका सवारी साधन ( कार÷जिप) ड्राईभिङ तालिम हिजो भदौ २२ गते समापन भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रहि उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरुलाई प्रेरणा स्वरुप प्रदान गरीएको उक्त तालिममा गोरखा जिल्लाबाट ३ जना, नवलपरासी (पुर्व) वाट ४, कास्की वाट १६ ,तनहुँ वाट ८, स्याङ्जा वाट ४, बागलुङ वाट ४, म्याग्दी वाट २, पर्वत २वाट , मुस्ताङवाट २,लमजुङ वाट ३, मनाङ जिल्ला बाट–२ जना प्रहरी कर्मचारीहरुको सहभगिता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बुद्धिराज गुरुङले सहभागी प्रहरी कर्मचारीहरुले सफलता पुर्वक तालिम सम्पन्न गरेकोमा धन्यवाद दिदै तालिमबाट सिकेका कुराहरुलाई उपयोग गरी गण्डकी प्रदेश प्रहरी कार्यालयले गरेको अपेक्षा अनुरुप कार्यक्षेत्रमा एउटा कुशल चालककारुपमा आफुलाई स्थापित गराउने अपेक्षा व्यक्त गरे ।
गण्डकी प्रदेशका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले सञ्चालन गरेको उक्त तालिम समापन कार्यक्रममा प्रहरी निरीक्षक रविन्द्र थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । विभिन्न ९ जिल्लाका ११ ड्राईभिङ तालिम प्रदायक संस्थाहरु संग आवश्यक समन्वय गरी सञ्चालन गरीएको उक्त ड्राईभिङ तालिम समापन कार्यक्रममा तालिम सञ्चालनमा सहकार्य तथा सहयोग रहेको सनराइज ड्राईभिङ ईन्सिच्युट पोखराका सञ्चालक तथा प्रशिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।