पोखरा चैत्र १,

पोखरा पर्यटनको राजधानी हुने भएको छ । चैत्र ४ गते आईतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालार्ई देशकै पर्यटनको राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकको संयुक्त आयोजनामा पोखराको वाराही घाटमा आयोजना गरिने विषेश समारोहमा प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखराको आसपासका पालिकाहरु, पोखरा स्थित विभिन्न संघ संस्थाहरु, गण्डकी प्रदेश स्तरिय संघ संस्थाहरुको संयुक्त पहल कदमीमा घोषणा कार्यक्रम हुने वताईएको छ । यस अगाडि पोखराको वसुन्धरा पार्कवाट १० .१५ वजे वाजा गाजा सहितको बिभिन्न संस्कृति र पर्यटकीय गतिविधि झल्कने ¥याली निकालिने छ भने ११.१५ वजे वाराहीघाटमा औपचारिक कार्यक्रमको आयोजना हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालको उपस्थितीमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिनेछ । पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रममा उपस्थितीका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले सवैलाई आमन्त्रण गरेका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रमुख पदमा निर्वाचित भएपछि पद वहाली गर्दै गर्दा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने पहिलो निर्णय गरेका थिए । प्रमुख आचार्यले त्यसपछि पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न निरन्तर लविङ गरिरहेका थिए । प्रमुख आचार्यले काठमाण्डौमा पर्यटन मन्त्री, प्रधानमन्त्री, विभिन्न राजनितीक पार्टिका नेताहरुलाई भेटेर पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटनको राजधानी घोषणा गर्न निरन्तर प्रयास गरेका थिए । पोखरा स्थित पर्यटनसंग सम्वन्धित संघ संस्था तथा अन्य संघ संस्थाहरुले पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने भन्दै विभिन्न चरणमा कार्यक्रम गर्ने र्,डेलिगेसन जाने लगायतका कामहरु पनि गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।