पोखरा पौष १२,
निर्वाचन आयोगले आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम जिल्ला न्यायाधीशहरूलाई पौष १६ गते देखि लागु हुने गरि नियुक्त गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नियुक्त निर्वाचन अधिकृतले मिति पौष १६ गते सम्म सम्वन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने समेत आयोगले जनाएको छ ।
आयोगले कोशी प्रदेशमा मोरङ जिल्ला अदालतका न्यायाधिष दुर्गाप्रसाद ढुङ्गेल, मधेश प्रदेशमा धनुषा जिल्ला अदालतका न्याायधिष नारायणप्रसाद सुवेदी, वाग्मती प्रदेशमा मकवानपुर जिल्ला अदालतका न्यायाधिष महेन्द्र वहादुर कार्की, गण्डकी प्रदेशमा कास्की जिल्ला अदालतका न्यायाधिष केशव प्रसाद वास्तोला, लुम्विनी प्रदेशमा दाङ जिल्ला अदालतका न्यायाधिष कृपाशुर कार्की,कर्णली प्रदेशमा सुर्खेत जिल्ला अदालतका न्यायाधिष बिष्णु प्रसाद अर्याल र सुदूर पश्चिम प्रदेशमा कैलाली जिल्ला अदालतका न्यायाधिष ओम प्रसाद अर्याललाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।