पोखरा , मंसीर ५,
मुलुकका बिभिन्न ठाँउमा मत गणना भईरहेका छन् । हिजो सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गणना कार्य मुलुकका बिभिन्न जिल्लामा सुरु भएको छ । काठमाणैका १०वटा निर्वाचन क्षेत्र, ललितपुरका ३, भक्तपुरका २, झापा ३,४, र ५, कास्की २, मुस्ताङ,सप्तरी, धनुषा लगायतका जिल्लाहरुमा भएका मत गणनाको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले ६ ठाँउमा अग्रता हाँसिल गरेको छ । नेपाली काँग्रेसले मुस्ताङमा चुनाव जितेको छ भने ३ ठाँउमा अग्रता लिएको छ । नेपाली काँग्रेसका योगेश गौचनले मुस्ताङ वाट चुनाव जितेर नेपाली काँग्रेसको खाता खोलेका छन् । हाल सम्मको प्राप्त नतिजामा नेकपा एमालेले ६ ठाँृमा अग्रता कायम गरेको छ । काठमाण्डौ ९, झापा २, धनुषा ३, ललितपुर १,२ र ३,मा एमाले अगाडि छ । त्यसै गरि राष्ट्रिय स्वतन्त्र पार्टि ४ ठाँउमा अगाडि रहेको छ काठमाण्डौ ६,७,र८ र कास्की २ मा उक्त पार्टिले अग्रता लिएको छ । त्यसै गरि नेपाली काँग्रेसले ३ ठाँउमा अग्रता लिएको छ काँग्रेसले काठमाण्डौ १ र ४ र भक्तपुर २ मा अग्रता लिएको छ । राप्रपाले भापा ३ र भक्तपुर १ मा अग्रता लिएको छ भने सिके राृतको पार्टि राष्ट्रिय जनमत पार्टिले सप्तरीमा अग्रता लिएको छ ।