पोखरा वैशाख २७,
लेखनाथ पत्रकार मञ्चको आज सम्पन्न तेस्रो अधिवेसन तथा चौथो साधारण सभाले विष्णुहरि पौडेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, कोषाध्यक्षमा कृष्ण प्रसाद लामिछाने, सहसचिवमा सुजित परियार निर्वाचित भएका छन् । त्यसै गरि समितिको सदस्यहरुमा चिरिञ्जीवी भुर्तेल, विमल तिवारी, सुष्मा नेपाली, पृजना दिवाल, अटल श्रेष्ठ, र जनकराज तिवारी निर्वाचित भए । कार्य समितिका २ सदस्य र सल्लाहाकार कार्यसमितिको पहिलो वैठकले चयन गर्ने नव निर्वाचित अध्यक्ष विष्णुहरि पौडेलले वताए ।
यस अघि अधिवेसनको उद्धघाटन गण्डकी प्रदेश सभाका सदस्य सरस्वती गुरुङले गरेकी थिईन् । सो अवसरमा मन्तव्य व्यक्त गर्दै गुरुङले सञ्चार क्षेत्र वलियो भएमा लोकतन्त्र वलियो हुने वताईन् । सञ्चार क्षेत्रले ठूला ठूला उद्योग व्यवसाय, पदमा वसेका ओहोदावाल र ठूला मनिसका मात्रै समाचार वनाउने भन्दा पनि समाजमा रहेका तल्लो वर्ग ,क्षेत्रलाई समाचारमा समेट्न आग्रह गुरुङले गरिन् । आफु पनि पत्रकारिता कर्म गर्दा गर्दै प्रदेशको सांसद वनेको वताउदै गुरुङले पत्रकार र पत्रकारिताका समस्याका वारेमा आफु जानकार रहेको भन्दै गण्डकी प्रदेश सभामा सञ्चार क्षेत्रको विकासका लागि कुरा राख्ने गरेको वताईन् । कार्यक्रमका विषेश अतिथी पोखरा महानगरपालिका वडा नं २७ का अध्यक्ष पूर्ण कुमार गुरुङले लेखानाथ क्षेत्रको विकासका लागि यस क्षेत्रत्रका जनप्रतिनिधि, वुद्धिजिवी , उद्योगी व्यवसायी र पत्रकारहरुले साझा धारणा वनाएर पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र संघ सरकारसंग लविङ गर्नुपर्ने आवश्यकता औल्याए । केही वाटोहरु वनेका होलान् त्यसैमा चित्त वुझाएर वसेमा यो क्षेत्रको विकास पूर्ण नहुने गुुरुङले वताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्रको विकास र संमृद्धिका लागि लेखनाथ पत्रकार मञ्चले महत्वपूर्ण भूमिका खेलेको वताए । लेखनाथ पत्रकार मञ्चलाई यो अवस्थामा ल्याउन लेखनाथ उद्योग वाणिज्य संघको सहयोग रहेको पौडेलले वताए । पत्रकारिता क्षेत्रमा पनि समस्या रहेको वताउदै सामाजिक सञ्जालको कारण नेपालको समग्र पत्रकारितालाई असर पुगेको पौडेलले वताए । कार्यक्रमका अर्का वक्ता प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदीले कवि शिरोमणि लेखनाथ पैड्यालको जन्मभूमिको रुपमा देशका विभिन्न ठाँउ र विदेशमा पनि लेखनाथ क्षेत्र चिनिने गरेको वताउदै यस क्षेत्रको विकास र संमृद्धिका लागि लेखनाथ पत्रकार मञ्चले स्थापना काल देखिनै महत्वपूर्ण भूमिका खेलेको वताए । विगतमा लेखनाथलाई पोखरा महानगपालिकामा लगेर मिसाउने कार्य त्रुटी भएको भएपनि अव भने पोखरा र लेखनाथ अलग हो भन्ने धारणा सवैले त्याग्नुपर्ने सुवेदीले वताए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा चुनौती थपिएकोे वताउदैै सुवेदीले अहिले मिडिया कसरी सञ्चालन गर्ने र यो पेशामा कसरी टिक्ने भन्ने चुनौती थपिएको वताए ।
लेखानथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य वावुराम गिरी, र खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भिमपाणी वरालले स्वागत, सचिव विष्णुहरि पौडेलले कार्यक्रमको सञ्चालन तथा सहसचिव सन्दिप पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका अवसरमा लेखनाथ उद्योगण वाणिज्य संघ लगायत लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथी लगायत अतिथीहरुलाई अध्यक्ष कविराज खनालको तर्फवाट मायाको चिनो स्वरुप सिप्लिकान र कुरिलोको विरुवा प्रदान गरिएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।