पोखरा ,भाद्र २४,
आदर्श बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १३ आर्वाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी एकदिने प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आर्वामा आयोजना गरिएको सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहकारीका अध्यक्ष एवं प्रशिक्षण कार्यक्रमका अध्यक्ष राजेन्द्र प्रसाद बरालले कार्यक्रमको औचित्य, सहकारीको लक्ष्य उध्येश्य तथा सहकारीको स्थापना देखि भावि योजना सम्मका बिषयमा शेयर सदस्यहरुलाई जानकारी दिएका थिए । २०६२ सालमा २६ जना शेयर सदस्य बाट शुरु भएको सहकारीमा हाल आयर ५ सय ९८ शेयर सदस्यहरु रहेको जानकारी दिदै वरालले सहकारीले करोडौं रुपैयाँको कारोबार गर्न सफल भएको वताए । सहकारीका सिदान्त नियम , विनियम र शेयर सदस्यहरुको सहकार्य तथा एकताले सहकारी यो अवस्था समम आयृपुगेको वताउदै सहकारीको भावि योजना समेत सुनाएका थिए ।
प्रशिक्षण कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बरालले संस्था स्थापनाकालको अवस्था र हाल सहकारीले गरेको प्रगतिको सन्दर्भमा आफ्ना अनुभवहरु सुनाएका थिए ।
सहकारीका ऋण परिचालन समितिका संयोजक यज्ञ प्रसाद बरालले सहकारी द्वारा गरिएको ऋण परिचालन, लगानी ,आर्थिक विनियमका विविध पक्षहरु बारे जानकारी दिदै सहकारीका प्रत्येक शेयर सदस्यहरुले सहकारी सम्बन्धी बिभिन्न जानकारीहरु लिनु पर्ने बताए ।
सहकारीका लेखा समिति संयोजक कृष्ण राज बरालले सहकारीका सात सिद्धान्त, तिनको परिभाषा तथा आन्तरिक लेखा प्रणालीका बारेमा जानकारी गराएका थिए ।
सहकारीका प्रचार प्रसार समिति संयोजक, पत्रकार श्रीराम सिग्देलले प्रशिक्षण कार्यक्रमको समग्र समिक्षा गर्दै प्रत्येक शेयर सदस्यहरु सहकारीका सञ्चालन कर्ता भएको वताउदै शेयर सदस्यले आफ्नो हक अधिकार तथा कर्तव्य बुझेर सहकारीको मुल्य मान्यता अनुरुप सामुहिक रुपमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारीका ब्यवस्थापक रोजिना भट्टराईले सहकारीको आन्तरिक ब्यवस्थापन तथा सहकारीको समग्र आर्थिक कारोबारको जानकारी गराएकी थिइन् । प्रशिक्षण कार्यक्रममा शेयर सदस्यहरु सुमित्रा बराल, श्रीराम बराल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका शिक्षा समिति संयोजक तथा प्रशिक्षण कार्यक्रम संयोजक घनश्याम बरालले स्वागत र कार्यक्रमको सञ्चालन सचिव सुर्य प्रसाद बरालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।