पोखरा श्रावण १८,
पोखरा महानगरपालिका वडा नं ३ तेर्सापट्टीमा विद्युत सर्ट भई कपास उद्योगमा आगलागी भएको छ । सोही वडाको तेसौपट्टीमा तेर्सापट्टीेमा आव दिउसो आगलागी भएको कास्की प्रहरीले जनाएको छ । . सोही ठाँउ बस्ने अन्नत कतिलाले संचालन गरेको पश्चिमाञ्चल कपास उद्योगमा अचानक विद्युत सर्ट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले जानकारी दिए । कपास उद्योगमा आगलागी भएको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्कीबाट २५ जना र वडा प्रहरी कार्यालय बगर कास्कीबाट १७ जनाको टोली खटिई गई स्थानिय व्यक्ति तथा दमकलको सहयोगमा आगो निनियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त आगलागिवाट कुनै पनि मानविय क्षति नभएको, र आगलागिबाट मेसिन, कपास तथा अन्य सामान समेत गरी अन्दाजी मूल्य रु.२०÷२२ लाख रुपयाँ बराबरको क्षति भएको सञ्चालक कतिलाको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।