पोखरा फागुन १,
पोखरा महानगरपालिकाको सक्रियतामा सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरिने भएको छ । गत वर्ष मात्रै महानगरकै पहलमा पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरिएको थियो । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा पोखराको लेकसाईड स्थित वाराहीघाटमा आयोजित एक भव्य कार्यक्रमका विच पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको थियो । फागुन ३ गते शनिवार एक भव्य कार्यक्रमका विच पोखरा भ्रमण वर्ष २०२५ घोषणा हुने आज पोखरा सभागृहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख तथा पोखरा भ्रमण वर्ष मुल समारोह समितिका संयोजक धनराज आचार्यले वताए । आचार्यका अनुसार पोखराको नयाँ वजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा नेपाल सरकारका उप प्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले पोखरा भ्रमाण वर्ष २०२५ को घोषणा गर्ने छन् । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे,संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डे, गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल वस्याल लगायतका अतिथिहरुको सहभागिता हुने प्रमुख आचार्यले वताए ।
पार्यटनको राजधानी पोखरालाई अन्तराष्ट्रिय स्तरमा व्राण्डिङ गर्न, तथा पोखराको आन्तरिक तथा वाह्य पर्यटनलाई हाल सम्मकै उच्च विन्दुमा पु¥याउन, पोखराको प्रकृतिक, मानव निर्मित गन्तव्य स्थलहरुको प्रचार प्रसार गर्न ,साथै पोखराको अर्थतन्त्रलाई चलायमान वनाउदै स्वच्छ पोखरा स्वस्थ्य र सुखी पोखरेली वनाउने अभियानलाई साकार पार्न पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागिएको प्रमुख आचार्यले वताए । भ्रमण वर्षको अवधिमा वर्षै भरी विभिन्न क्षेत्रमा प्रर्वधनात्मक कार्यक्रम गरिने र पोखरामा स्वदेशी र विदेशी गरि २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको प्रमुख आचार्यले वताए ।
पोखरालाई अविस्मणीय गन्तव्यको रुपमा स्थापित गर्न संसार भरका विदेशी, गैर आवासिय नेपाली, तथा स्वदेशी पाहुनाहरुलाई स परिवार आफ्ना ईष्टमित्र सहित पोखरा भ्रमणका लागि आव्हान गर्ने,विकास साझेदार, विदेशी नियोग तथा राजदूतावाससंग समन्वय गरि संसारका विभिन्न शहरहरुमा पोखरा वारेमा प्रचार गर्ने, भ्रमण वर्षको अविधिमा स्वदेशका ५ वटा र विदेशका ५ वटा शहरहरु संग भगिनी सम्वन्ध स्थापित गर्ने, पोखरामा क्रियासिल राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुलाई पोखरामा वैठक, इभेन्ट तथा कार्यक्रमहरु आयोजना गर्न अनुरोध गर्ने, पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट छिमेकी मित्रराष्ट्र चिन र विदेशका विभिन्न शहरसंग सिधा उडानको व्यवस्था मिलाउन पहल गर्ने , निजी क्षेत्र, सरकारी, गैर सरकारी संघ संस्था, नेपाल पर्यटन वोर्ड, कुटनितीक नियोग एनआरएनए, लगायतका संस्थासंग साझेदारी गर्दै पर्यटन क्षेत्रको विकास र प्रवर्धनमा लाग्न र लगाउन प्रयत्न गर्ने लगयतका धेरै प्रवर्धनात्मक कामहरु गरेर पोखराको पर्यटनलाई जुरुक्क उठाउदै यस क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउने भ्रमण वर्षको उदेश्य रहेको प्रमुख आचार्यले पत्रकार भेटघाट कार्यक्रममा वताए ।
नेपाल भ्रमण वर्ष २०२५ का लागि पोखरा महानगरपालिकाका प्रमुख , उप प्रमुख सहित कास्कीका प्रमुख जिल्ला अधिकारी भरतपाणी पाण्डे लगायत विभिन्न सरकारी कार्यलयका प्रमुखहरु, निजी क्षेत्र, संघ संस्थाका प्रमुखहरु रहेको निर्देशक समिति गठन गरिएको छ । त्यसै गरि पर्यटन क्षेत्रको वाहुल्यता रहने गरि पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष तथा रेवान पोखराका समेत पूर्व अध्यक्ष रहेका गोपि वहादुर भट्टराई संयोजक र पर्यटन व्यवसायी दामोदरभक्त थापा सह संयोजक रहेको २० सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा पोखरा पर्यटन परिषद, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ नाटा, टान, हान गण्डकी, रेवान पोखरा, सिटी रेवान, लगायत विभिन्न संस्थाका अध्यक्ष एवं प्रमुखहरुलाई राखिएको छ । पोखरा भ्रमण वर्ष पोखरा महानगरपालिकाको मात्रै नभई संपूर्ण पोखरेलीको कार्यक्रम भएकाले सम्पूर्ण पोख्ररेली जनसमूदायहरुलाई भ्रमण वर्ष घोषणा कार्यक्रममा सहभागि हुन र पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पारिदिनुहुन प्रमुख आचार्यले अनुरोध गरेका छन् ।