पोखरा वैशाख ६,
पोखरामा आज प्रहरीले हराएको १७ लाख नगद फेला पारि सम्वन्धित धनीलाई वुझाएको छ । महानगरपालिका वडा नं ८ स्थित पृथ्वीचोकमा रहेको माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ मनोहर पवँरले पोखरा ८ स्थित नयाँबजारमा रहेको कृषि विकास बैंकमा नगद जम्मा गर्न मोटरसाईकलकोे लेगार्डमा कालो रंगको झोलाभित्र राखेको नगद रु.१७,००,०००।– (अक्षरेपि सत्र लाख रुपैयाँ) हराएको जानकारी प्रहरीमा गराएका थिए । सो उजुरी प्रप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माको कमाण्ड र मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा पोखरा म.न.पा. वडा नं. ३ पालिखे चोक बस्ने वर्ष ६५ को भारतिय नागरिक छोटुलाल शर्माले उक्त रकम फेला पारेको प्रहरीले जानकारी पाएपछि उक्त रकम निज छोटुलाल शर्माको रोहबरमा माता श्री ज्वैलर्सका संचालक पोखरा म.न.पा. वडा नं.५ बस्ने वर्ष ४३ का ध्रुव कुमार सुनारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ ।