पोखरा, भाद्र २३,
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा शनिवार दोस्रो व्यवसायीक उडान भएको छ । छिमेकी देश भुटानको पारो विमानस्थलवाट रोयल भुटान एयरलाईन्सको ड्रुक एयरले पोखरा विमानस्थलमा ब्यवसायीक उडान भरेको हो । शनिवार विहान ६.४५ वजे ड्रुक एयरको विमान ३ जना यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गरेको थियो । उक्त बिमान पोखरावाट अमेरिकन पर्यटकलाई लिन चार्टर गरेर भुटानवाट आएको थियोे । सो विमान शनिवारनै पोखरावाट ४२ जना अमेरिकन पर्यटक लिएर थिम्पुका लागि उडेको थियो । पोखरा घुम्न आएका अमेरिकन पर्यटकहरुको भुटान घुम्न जाने सेडूल अनुसार उनिहरुलाई लिन भुटानवाट जहाज पोखरा विमानस्थलमा आएको हो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भुटानवाट ड्रुक एयरलार्ईन्सको विमान अवतरण गर्ने भएपछि गण्डकी प्रदेशका पर्यटन मन्त्री दिपेन्द्र वहादुर थापा, पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत पर्यटन व्यवसायीहरु पोखरा अन्तराष्ट्रियविमानस्थल पुगेका थिए । उनिहरुले भुटानवाट पोखरा आएका पर्यटकहरुलाई स्वागत र पोखरावाट भुटान जान लागेका अमेरिकन पर्यटकहरुको विदाई गरेका थिए । यस अगाडि नेपाल चिन ड्रागन वोट फेष्टिवलमा सहभागि खेलाडीहरुलाई लिएर चिनको छेन्दुक शहरवाट सिचुवान एयरलाईन्सको विमानले पहिलो पटक अन्तराष्ट्रिय उडान भरेको थियो ।
२०२३ को जनवरी १ का दिन उद्धघाटन गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हाल सम्म पनि नियमित रुपमा अन्तराष्ट्रिय उडान हुन सकेको छैन । एउटा ÷दुईटा जहाज विदेशवाट चार्टर गरेर आउदा पनि पोख्ररेलीले खुसी मान्नु पर्ने अवस्थाको श्रीजना भएको छ । झण्डै २५ अर्व ऋणमा निर्माण भएको पोखरा विमानस्थल निर्माण गर्ने वेलामा तुरुन्तै अन्तराष्ट्रिय उडान हुने आश्वासन देखाईको थियो । दक्षीण पूर्वी एसियाका दुवई, कतार, जापान, चिन, पाकिस्थान, वंगलादेश, थाईलैण्ड, भुटान लगायतको देशमा अन्तराष्ट्रिय उडान हुने र यसले पोखराको पर्यटनमा गुणत्मक फड्को मार्दै समग्र आर्थिक अवस्थामा सुधार हुने आश्वासन दिईएको थियो तर उद्धघाटन भएको झण्डै ९ महिना लाग्दा समेत व्यवसायीक रुपमा अन्तराष्ट्रिय उडान हुन सककेो छैन र हामी एक दुई जहाज चार्टर गरेर आए भनेर खुसी हुने अवस्थामा छौ । भारतका विभिन्न शहरहरु, चिनका विभिन्न शहरहरु र दक्षीण पूर्वी एसियाका कयौ देशहरुसंग नेपालले कुटनितीक प्रयास गरेर पोखरा विमानस्थलवाट जहाज उडान हुने वतावरण अझै मिलाउन नसक्नुलाई नेपालको कमजोर कुटनितीलाई मान्नुपर्दछ । चिनले वनार्ईदिएको विमानस्थल भनेर भारतले आफ्नो देशका शहरहरुमा उडान अनुमति नदिने गरेको कुरा सार्वजनिक भईरहदा नेपालले भारतसंग तुरुन्तै संवाद गरेर पोखरावाट तत्कालका लागि भएपनि केही शहरहरुमा उडानको व्यवस्था गर्नुपर्नेदेखिन्छ । त्यसै गरि आसन्न प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमणमा चिनका केही शहरमा पोखरावाट सिधै उडानको व्यवस्थाका लागि पहल गर्नुपर्ने देखिन्छ । पोखराका व्यवसायी तथा नागरिक समाजले प्रधानमन्त्रीलाई यसवारेमा ध्यानाकर्षण समेत गराईसकेका छन् ।
पर्यटनको प्रचुर संभावना भएको सुन्दर पर्यटकी नगरी पोखरावाट अन्तराष्ट्रिय उडान गर्न नसक्ने हो भने पर्यटनको क्षेत्रमा भएको यति ठूलो लगानी जोखिममा पर्ने मात्रै हैन यति महङ्गो र ऋणमा वनेको विमानस्थल केवल आन्तरिक विमानस्थलको रुपमा मात्रै सिमित हुने र पोख्ररेलीका लागि केवल सेतो हात्तिका रुपमा मात्रै रहने देखिन्छ । र हामी पोख्रेलीको नियती विदेशी शहरवाट एकाध चार्टर विमान आए भनेर खुसी मान्ने अवस्था मात्रै हुनेछ । त्यसैले यस विषयमा सम्वन्धित निकायको चर्को दवाव जरुरी देखिन्छ ।