पोखरा वैशाख २३,
नेपाल पत्रकार महासंघको २७ औ महाधिवेसनका अवसरमा फेवा पोष्ट साप्ताहिक तथा फेवापोष्ट खवर डट कमका सम्पादक नवराज सुवेदी प्रेस स्वतन्त्रता सेनानी सम्मानवाट सम्मानित भएका छन् । नेपाली पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानका साथै प्रेस तथा अभब्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेलेको महत्वपूर्ण भूमिकाको सम्मान गर्दै महासंघको २७ औ महाधिवेसनका अवसरमा सुवेदीलाई सम्मान गरिएको हो । सुवेदी सहित मुलुकभरीका ४८ जना पत्रकार उक्त सम्मानवाट सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनिहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए ।
प्रेस स्वतन्त्रता सेनानी पुरस्कारवाट सम्पादक सुवेदी सहित कास्कीका ४ जना पत्रकार सम्मानित भएका छन् । यसरी सम्मानित हुनेहरुमा रेडियो वाराहीका कार्यकारी निर्देशक रमेश पौडेल, हिमदूत दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र वास्तोला र न्यू माछापुच्छ«े साप्ताहिकका सम्पादक पदम रेग्मी रहेका छन् ।
प्रेस स्वतन्त्रता सेनानी सम्मानवाट सम्मानित हुने सम्पादक सुवेदी समाजवादी प्रेस संगठनका केन्द्रिय सल्लाहाकार तथा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् । गोरखापत्र संस्थानका पूर्व सञ्चालक समेत भईसकेका सुवेदी यस अघि नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने प्रजातन्त्र सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, प्रेस चौतारी पत्रकारिता पुरस्कार, वालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार वाट सम्मानित भईसकेका छन् । समाजवादी प्रेस संगठन नेपालवाट अग्रज पत्रकारको रुपमा सम्मानित भईसकेका सम्पादक सुवेदी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखावाट समेत सम्मानित भईसकेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।