पोखरा,
गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेद्धवार श्रीनाथ बरालले निर्वाचन जितेपछि ईमान्दारीपूर्वक काम गर्ने बताए ।
पोखरा २१ मा घरदैलो पछि ठुली स्वाँरामा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी सभामा बरालले निर्वाचन जित्नु मात्र ठुलो कुरा नभएको बताउँदै जितपछि ईमान्दारीपूर्वक काम गर्नु महत्वपूर्ण भएको बताए । कास्की २ मा गठबन्धनको जित सुनिश्चित भएको वरालले दावी गरे । सबै मिलेको अवस्थामा गठबन्धनले जसै जित्छौँ जसरी स्थानीय तहको निर्वाचनमा तालमेल भएको हो अहिले पनि त्यस्तै हो,’ वरालले भने ‘चुनाव जित्नु मात्र ठुलो कुरा होईन जितेपछि यहाँहरूको समस्यामा हामी सधैँ साथमा रहन्छौँ ।’ पोखरा २१ को विकास निर्माण र सम्वद्धिमा साथ दिनु आफूहरुको दायित्व भएको उनले वताएका थिए ।
निर्वाचनका क्रममा जनताका समस्या सुन्ने र नेतृत्वमा गएपछि पुरा गर्ने उनको भनाई छ । निर्मलपोखरी सुन्तलाको पकेट क्षेत्र भएको र सुन्तला खेतीको व्यवसायीकरणका साथै जनताको जीवनस्तर सुधार ल्याउन जनतालाई सुखी र धनी बनाउन स्वरोजगारका कार्यक्रम ल्याउने वताए । यो सँगै आफूहरू निर्वाचित भएमा पछाडि परेको दलित, आदिवासी जनजातिका सवालमा आवश्यक कानुन निर्माणमा ध्यान दिने उनले बताए । गाउँको समस्या केन्द्रसम्म पु¥याउने र केन्द्रको योजना गाउँसम्म ल्याउने पुलको काम गर्नका लागि पनि आफूले जित्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफुहरुले जे वाल्न त्यो गरेर देखाउने वताए । जनतालायृ विगतमा जितेका प्रतिनिधिहरुले केवल आश्वासन मात्रै वाँडेको भन्दै आफुहरुले जनतालार्य भुल भुलैयामा नराख्ने वताए । गठवन्धनवाछनै मुलुकको आर्थिक संमृद्धि र विकास सम्भव भएको वताउदै लामिछानेने हल्लाका पछाडि नदौडन मतदातालई आग्रह गरे । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, नेता देवराज चालिसे, संविधान सभा सदस्य बिन्दा राना, माओवादी केन्द्रका नेता निर्मलबहादुर अधिकारी, नेकपा एकिकृत समाजवादी कासकीका अध्यक्ष खड्क हमाल लगायतले गठवन्धनको पक्षमा जनताहरुसंग मत मागेका थिए ।