पोखरा साउन १,
प्रहरीले पोखरा महानगरपालिका वडा नं १४ मझेरीपाटनवाट दुई जनालाई भरुवा वन्दुक सहित नियन्त्रणमा लिएको छ । आषाढ ३१ गते राती १० वजेको समयमा उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन बस्ने ३०वर्षका साजन बि.क.र ३० वर्षकै संजय नेपाली रहेका छन् । पोखरा १४ मझेरीपाटनमा अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले साजन विकको घर कोठामा गई खानतलासी गर्दा उनि सुत्ने कोठामा लुकाई छिपाई राखेको भरुवा बन्दुक–१ नाल र फलामको धारिलो हतियार–१ थान सहित प्रहरीले उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । हतियारको कुनैपनि ईजाजत पत्र नभएको उक्त हतियार संजय नेपालीले राख्न दिएको प्रहरी समक्ष साजनले वताएपछि सोही वडामा वस्ने संजय नेपाली लाई समेत प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानद्धारा जारी पे्रस बिज्ञप्तीमा जनाईएको छ उनिहरुलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा दिन छ (६) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
