पोखरा बैशाख ३०,
कास्की जिल्लामा प्रहरीले स्वीप अपरेशन जारी राखेको छ । कास्की जिल्लाका विभिन्न ठाँउमा मादक पदार्थ, लागू पदार्थ सेवन गरी हो–हल्ला गर्ने, झै–झगडा गर्दै हिड्ने,जुवातास खेल्ने खेलाउने तथा शान्ति सुरक्षामा खलल पुर्यााउने गतिविधिी भईरहेको र त्यस्ता संभावित ठाँउहरुमा प्रहरीले निरन्तर निगरानी गर्ने गरेको कास्की प्रहरीले जनाएको छ । यसै क्रममा यही बैशाख २८ गते गते साँझ ६ बजेदेखि १० बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलील स्वीप अपरेशन गर्दा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, लागू औषध (गाँजा) सेवन गर्ने तथा जुवाजन्य तिनगोट्टी खेलाउने जस्ता गतिविधिमा संलग्न २३ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरि वहादुर वस्नेतले जानकारी दिए ।
सो अपरेशनका क्रममा पोखरा महानगरपालिका वडा नं. १ बगर, टुँडिखेल, २ बाग्लुङ बसपार्क, ३ नदिपुर, ४ तेर्सापट्टीबाट ७ जना, पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङ, हरिचोकबाट ५ जना,पोखरा म.न.पा. वडा नं. १६ बाटुलेचौर, १८ सराङकोट, १९ लामाचौरबाट ११ जनालाई नियन्त्रणमा लिईएको वस्नेतले जानकारी दिए ।
यसरी पक्राउ परेका मध्ये ३ जना जुवाजन्य तिन गोट्टी खेलाउने व्यक्तिहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने कसूरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको , ७ जना मा.प.से. तथा ला.प.से. गरी हो–हल्ला गर्दै हिड्ने, झै–झगडा गर्ने व्यक्तिहरुलाई अभद्र व्यवहार सम्बन्धी कसूरमा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको, ७ जना मा.प.से. गरी हिड्ने व्यक्तिहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही रु.१,०००।– (एक हाजार) जरिवाना गरी छाडिएको र अन्य ६ जना व्यक्तिहरुलाई आफन्तको जिम्मा लगाई तारेखमा छाडिएको प्रहरीले जनाएको छ ।
