पोखरा बैशाख १०,
कास्की प्रहरीले गरेको १० घण्टाको स्वीप अपरेशनमा कास्की जिल्लाका विभिन्न ठाँउवाट १२२ जना ब्यक्तिहरु पक्राउ परेका छन् । लागू औषध बिक्री बितरण गर्नेसेवन गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा समाजमा धम्की दिने, गण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक गणेश पाण्डेले जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ । कास्की प्रहरीले वैशाख ९ गते साँझ ९ वजे देखि १० गते विहान ६ वजे सम्म स्वीप अपरेशन चलाएको थियो । १०० जना प्रहरी परिचालन गरि एकै पटक चलाईएको स्वीप अपरेशनमा लागू औषध बिक्री बितरण गर्ने, सेवन गर्ने, टोले गुण्डा, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै हिड्ने, तथा रातिको समयमा शंकास्पद रुपमा हिडडुल गर्ने पोखरा महानगरपालिकाका विभिन्न वडाहरु, माछापुच्छ«े तथा अन्नपूर्ण गाँउपालिकावाट सो संख्यामा मानिसहरुलार्ई नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीले पोखरा म.न.पा.वडा नं.१,२,३,४,५ कसेरी, बाग्लुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा, प्रस्याङबाट ९जना,पोखरा म.न.पा. वडा नं. ६ लेकसाईड, ड्यामसाईड, गैराको चौताराबाट ३५ जना, पोखरा म.न.पा. वडा नं. ८ बगालेटोल, सभागृह चोक, शिवालय चोकबाट ६ जना,पोखरा म.न.पा. वडा नं. ९,१० पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पताल चोक एरियाबाट २० जना,पोखरा म.न.पा. वडा नं. ११, १२, १३ तुल्सिघाट, शितलादेवी, काँहुडाँडा, काँहुखोला एरियाबाट ८ जना,पोखरा म.न.पा. वडा नं. १४, १५ एयरपोर्ट, फुलवारी, खसिबजार रामबजार एरियाबाट १५जना,पोखरा म.न.पा. वडा नं. १६ बाटुलेचैर, लामाचौर, पोखरा १८चिसापानी, मेथलाङबाट ४ जना,पोखरा म.न.पा. वडा नं. २७, २८ दिपाङताल, रिठेपानी एरियाबाट ६ जना, पोखरा म.न.पा. वडा नं. २९, ३० भण्डारढिक, सैनिक बस्ती, पटनेरी, तावामुख एरियाबाट १२ जना,पोखरा म.न.पा. वडा नं. ३२ राजाचौतारा, लामेआहाल डम्पिङ साईडबाट ३ जना,माछापुच्छ्रे गाँउपालिका एरियाबाट ३ जना रअन्नपुर्ण गा.पा. १ नौडाँडाबाट १ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनिहरुलाई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ । यसै विच कास्की प्रहरीले प्रहरीको स्वीप अप्रेसन निरन्तर चलिरहने जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।