पोखरा भाद्र २०,
पोखराका उद्योगी–व्यवसायीको संस्था पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२ औँ वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ । महाधिवेसनको उद्धघाटन आज विहान ११ वजे नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । अधिवेसनले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ । आज उद्धघाटन पछि प्रतिवेदनहरु पारित गरिसकेपछि भोली निर्वाचन हुने संघले जनाएको छ ।
पोखराको निजी क्षेत्रको प्रतिनिधि मुलक संस्था पोखरा उद्योग वाणिजय संघको अध्यक्ष पदका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम ,बलराम आचार्य र अर्जुन पोखरेल, चुनावी मैदानमा छन् । चार उम्मेदवारमध्ये गौतम र आचार्यले प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन् भने बुद्धाचार्य र पोखरेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । गौतम समूहबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुंगाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ उम्मेदवार छन् । आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु चुनावी मैदानमा छन् । उपमहासचिवमा रामचन्द्र तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । १० जना चाहिने कार्य समिति सदस्यहरुमा अमृत पोखरेल,कमलबहादुर सुनार,गोविन्दबहादुर केसी,दिलीपकुमार श्रेष्ठ,दुर्गा बराल,नवीन नापित,निर्मला चापागाईं,भानुभक्त अधिकारी,मनोहरि पौडेल,रामप्रसाद कँडेल,रामेश्वर अधिकारी,सूर्यराज घिमिरे,हरिप्रसाद अधिकारी, गरि १३ जना चुनावी प्रतिष्प्रर्धामा रहेका छन् । बस्तुगत तर्फ केशव ढकाल,मुक्तिप्रसाद पनेरु,लक्ष्मीप्रसाद अधिकारी,लालप्रसाद ढकाल र औद्योगिक तर्फ पिताम्वर अधिकारीको मात्रै उमेद्धवारी परेकाले उनिहरु निर्विरोध भईसकेका छन् ।
संघमा वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य ,वाणिज्य उपाध्यक्ष बलराम आचार्य महासचिव शोभा गौतम र यसअघि अध्यक्ष पदमा दुईपटक प्रतिस्पर्धा गरिसकेका अर्जुन पोखरेल विचको प्रतिष्प्रर्धा रोचक देखिएको छ । प्यानल सहित चुनावी मैदानमा देखिएपनि मतदाताहरुले ब्यक्ति हेरेर मत दिने वताईरहेका छन् । चार जना अध्यक्षका उम्मेदवारबीचको प्रतिस्पर्धामा तुलनात्मक रुपमा वुद्धाचार्य र गौतम वलिया देएिपनि कसले बाजी मार्छ भन्ने विषय अहिले पोखराको व्यावसायिक क्षेत्रको मुख्य चासो बनेको छ ।
