पोखरा जेष्ठ २४,
पोखराको फेवातालमा बोर्टिङ्ग गर्ने क्रममा हावाहुरीका कारण अलपत्र परेका एक जना पर्यटक सहित १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
हिजोे शनिवार पोखराको लेकसाईड स्थित फेवातालमा बोटिङ गरिरहेका १२ जना अचानक आएको तीव्र हावाहुरीका कारण फेवातालमा फसेका थिए । उक्त घटनाको जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, बाट फेवा रेस्क्यू टावरमा खटिएका १० जनाको विशेष टोली तत्काल परिचालन गरिएको थियो । उद्धार टोलीले तालमा फसेका एक जापानिज नागरिक सहित १२ जनालाई सकुशल उद्धार गरी तालवाट वाहिर निकालेको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ । यसरी तालमा फसेकाहरुमा तनहुँ दमौलि घर भएका २३ वर्षका सुदिप वस्नेत, काठमाण्डौबाट घुम्न आएका २४ वर्षका सरोज सिम्खडा, १७ वर्षका आयुष चौलागाई, २१ वर्षका सागर क्षेत्री,१९ वर्षका विनिता श्रेष्ठ, २६ वर्षका रुसाल चौधरी, पोखरा म.न.पा.–५ प्रस्याङ्ग घर भएका, २३ वर्षकी झरना गुरुङ्ग, १२ वर्षका क्रिस श्रेष्ठ,१६ वर्षकी सुदिक्षा पौडेल,१६ वर्षका अंकल ढकाल, १५ वर्षका प्रितम नेपाली र एक जापानी पर्यटक सहित १२ जना रहेका छन् । उनिहरु तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा अलपत्र परेर फसेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।