पोखरा जेष्ठ २६,
बैद्धिक अपाङगता भएका ब्यक्तिले आफ्नो गन्तव्यमा जानका लागि भाडाको सवारी साधन ( बस) लाई रोक्न खोज्दा नरोकी वेवास्था गरेर हिड्ने ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई कारवाही गरिएको छ । यही जेष्ठ २३ गते पोखरा महानगरपालिका वडा नं. ३२ मा एकजना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा नरोकी हिडेको भिडियो सामाजिक सञ्जालमा राखीएको र निज अपाङ्गता भएका व्यक्तिले समेत सम्बन्धित निकायको ध्यानाकर्षण होस भन्ने व्यहोराको भिडियो पोष्ट गरेको पाईएपछि जिल्ला प्रहरी कार्यालयले उक्त वस र वसका चालक लाई कारवहाी गर्न ट्रफिक प्रहरीलाई निर्देशन दिएको थियो । प्रहरीले यस्तो भिडियो सार्वजनिक भएपछि गम्भिर ध्यानाकर्षण भएको भन्दै फरक क्षमता भएका, बौद्धिक अपाङ्गता भएका ब्यक्तिलाई वेवास्था गरेर हिड्ने सवारी साधनको खोजतलास तथा आवश्यक कारवाहीको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीमा लेखी पठाएको थियो । बैद्धिक अपाङगता भएका ब्यक्तिलाई मानवताको आधारमा समेत सहयोग गर्नुपर्नेमा वेपास्था गरेर हिड्ने ग २ ख २२५५ नम्बरको सार्वजनिक यातायातको सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना गरीएको र अब आईन्दा फरक क्षमता भएका, बौद्धिक अपाङ्गता भएका तथा बृद्धबृद्धाहरुलाई बिशेष प्राथमिकता दिने सहमती जनाई सम्झाई बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बिरेन्द्र कुमार पासवानले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।