पोखरा असार ६,
जिल्ला प्रहरी कार्यालय कास्कीले केही समय अगाडि देखि स्वरुप परिवर्तन गरेर चलाईएका सवारी साधन, तथा चर्को आवाज गरेर चलाईएका सवारी साधनहरुलाई कडाई गर्न अपरेसन ३६५ नाम दिएर चेक जाँच मा कडाई गरेको थियो सोही अपरेसन ३६५ अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुवाट यही असार ४ गते रातिको समयमा पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरुवाट २३ वटा स्वरुप परिवर्तन गरिएका सवारी साधन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए जस अन्तर्गत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले ४ वटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ८ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको थियो । ति सवारी साधनहरुलाई नियन्त्रण पश्चात आवश्यक कारवाही अगाडि वढाइृएको प्रहरीले जनाएको छ ।
अभियान सञ्चालन भएपछि हाल सम्म ३६५ अपरेसन अन्तर्गत ७१२ वटा सवारी साधन र ३६ जना मानिस नियन्त्रणमा लिइ कारवाही गरिएको कास्की प्रहरीले जनाएको छ । यसरी कारवाहीमा पर्न सक्ने भएकाले सवारी साधन धनीले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा चलाउन कास्की प्रहरीले सवैमा अनुरोध गरेको छ त्यसै गरि मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरूलाई समेत उक्त कार्य नगर्न नगराउनु हुन अनुरोध गर्दै सवारी साधनको मोडिफाई गरी सवारी साधन चलाएको पाईएमा सवारी साधन धनी र उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही हुने प्रहरीले स्पष्ट पारेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।