पोखरा भाद्र १३,
नेपाली कम्युनिष्ट पार्टी गैर भूगोल जिल्ला समिति कास्कीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । नेपाल भरिका ७६ जिल्लाबाट कास्की जिल्लामा आएर कास्कीलाई कर्मथलो वनाएका नेपाली कम्युनिष्ट पार्टीसंग आवद्ध रहेकाहरुलाई संगठित गर्ने उद्धेश्यले निर्माण गरिएको गैर भूगोल जिल्ला समिति कास्कीको एकता बैठकसंगै कमिटीले पूर्णता पाएको छ । सो एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई संवोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्ज तथा पूर्व मन्त्री देवेन्द्र पौडेलले ७६ जिल्लाबाट कास्कीमा आएर कास्कीलाई कर्मथलो वनाएका नेपाली कम्युनिष्ट पार्टीसंग आवद्ध सदस्यहरुलाई जोड्नका लागि पार्टीले गैर भूगोल ( विषेश जिल्ला कमिटी) निर्माण गरेको वताए । नेपाली कम्युनिष्ट पार्टीको गैर भूगोल कमिटीको निर्माण संगै कास्की जिल्लाको पार्टी कामलाई महत्वपूर्ण सहयोग मिल्ने पौडेलले वताए । संविधानको रक्षा, संघिय लोकतान्त्रीक गणतन्त्रको रक्षा तथा सामाजिक न्याय र समतामुलक समाज निर्माणका लागि नेपाली कम्युनिष्ट पार्टीको आवश्यकता रहिरहेको वताउदै यसका लागि बामपन्थी र लोकतन्त्रवादी पार्टीहरुसंग सहकार्य गर्दै अगाडि वढ्नुपर्ने आजको आवश्यकता भएको पौडेलले वताए । भोटेकोशी नदिमा आएको विषण वाढीले मुलुकनै शोकमा डुवेको वेला राजनितीक गन्ध नआउने गरि संपूर्ण पार्टी पंती उद्धार र राहतमा परिचालन भएको समेत पौडेलले वताए ।
कार्यक्रममा सो पार्टीका गण्डकी सह ईञ्चार्ज श्रीनाथ वरालले गैर भूगोल जिल्ला कमिटीको औचित्य माथि प्रकाश पार्दै एकिकृत पार्टी निर्माण भईसकेको सन्दर्भमा सवैले पुराना कार्यशैली परिवर्तन गर्नुपर्ने वताए । पुरना कार्यशैलीहरु वदलेर कार्यकर्ता तथा जनताको मन जित्ने गरि सवै पार्टी निर्माणमा लाग्नुपर्ने वरालले वताए । मुलुक कठिन भूराजनितीक अवस्थावाट गुज्रेको भन्दै वरालले यस्तो अवस्थामा लोकतन्त्रवादी शक्तिहरु विच सहकार्यको आवश्यकता रहेको वताए । सो पार्टीका नेता तथा पूर्व मन्त्री तुल वहादुर गुरुङले हिजो हामीहरुले गल्ती गरेको कारण जनताले निर्वाचनमा पाठ सिकाएको वताउदै अव जनताको मन जित्ने गरि कार्यशैली, व्यवाहार र आचारण सुधार्नुपर्ने वताए । कार्यक्रममा सो पार्टीका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य राजकाजी गुरुङले जेन्जी आन्दोलन पछिको अवस्थामा पार्टीलाई पुरानो तरिकाले सञ्चालन गरेर जनताको समर्थन प्राप्त गर्न नसकिने वताए । रास्वपाले जनताको पक्षमा काम गर्न सक्दैन भन्दै गुरुङले यो कुरा मुलुमा भईरहेका धेरै घट्नाक्रमले प्रष्ट पारिसकेकोे वताए ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी गण्डकीका संयोजक कृष्ण नेपालीले यो पार्टीले लिएको निती, सिद्धान्त र नेपालको राजनितीमा लिएको अग्रसरताका कारण नेपालको राजनितीको मुल प्रवाह नेपाली कम्युनिष्ट पार्टीनै भएको वताए । सह संयोजक गायत्री गुरुङले पोखरा र कास्की जिल्ला लाई कर्मथलो वनाएका नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई जोड्ने चौतारी गैर भूगोल कमिटी भएको वताईन् । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी गैर भूगोल जिल्ला कमिटी कास्कीका ईञ्चाज प्रेम पौडेलले कमिटीको आगामी कार्ययोजना प्रस्तुत गर्दै यो कमिटीले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, शुभ कामना आदान प्रदान गर्ने, देश भरिवाट कास्की जिल्लालाई कर्मथलो वनाएका पार्टीसंग अवद्धहरुलाई खोजी खोजी यो कमिटीमा आवद्ध गराउने, र आवश्यक परेमा विभागहरु पनि वनाउने तथा आन्दोलन लगायत पार्टी काममा भूगोल जिल्ला कमटिको सहकार्यमा काम गर्ने वताए । १९९ सदस्यीय जिल्ला कमिटी निर्माण हुने समेत पौडेलले वताए । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी कास्कीका सह ईञ्चार्ज रामजी वरालले आवश्यकताको आधारमा पार्टीले गैर भूगोल जिल्ला कमिटी निर्माण गरेको वताउदै यो कमिटीको निर्माणले कास्कीको भूगोल कमिटीलाई पार्टी काममा सघाउ पुग्ने वताए । नेपाली कम्युनिष्ट पार्टी गैर भूगोल कमिटी कास्कीका संयोजक राजकुमार दुलालको अध्यक्षतामा भएको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा गैर भूगोल जिल्ला कमिटी कास्कीका सह ईञ्चार्जहरु हरिराज जोशी, ज्ञानु आचार्य र निरमाया श्रीसले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत सो कमिटीका सदस्य प्रेम कार्कीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।