पोखरा बैशाख २२,
पोखरा महानगरपालिका वडानं १३, आर्वा स्थित अमलाचौर चापडाँडा टोल विकाश संस्थाको अध्यक्षमा लक्ष्मण प्रसाद बराल सर्वसम्मत चयन भएका छन ।
झण्डै दुई वर्ष देखि रिक्त रहेको समितिमा यही बैशाख १२ गते बसेको टोल भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । बैशाख १९ गते देखि पूर्णता पाउने गरी गठीत टोल बिकाश संस्थाको उपाध्यक्षमा रिता बराल, सचिबमा तोरण बहादुर बिक, सहसचिवमा ऋषिराम पराजुली तथा कोषाध्यक्षमा अमृत परियार चुनिए । तेसैगरी संस्थाको कार्यसमिति सदस्यहरूमा सूर्य बहादुर परियार, लक्ष्मी देबकोटा, शारदा बराल र रोशनराज बराल छानिएका छन् ।
संस्थाको सल्लाहकारहरुमा टेकनाथ बराल, हरिबहादुर बराल, इन्द्रराज बराल, हरिप्रसाद बराल र बिष्णु अधिकारी छन् ।
नवगठित संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बरालले आफ्नो नेतृत्वले टोलको समग्र बिकाश निर्माण देखि नमुना टोल बनाउने अभियानमा सबै टोलबासीलाई एकतावद्ध भएर लाग्न आव्हान गरेका थिए ।
