पोखरा चैत्र ३१,
पोखरामहानगर पालिका वडानं १३ , आर्वा स्थित नवदुर्गा युवा क्लबको आयोजनामा शनिवार देखि तेस्रो ’नवदुर्गा कप भलिबल प्रतियोगिता २०८१ ’ सुरु भएको छ । गण्डकी प्रदेश भित्रका १६ वटा युवा समुहले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले नगद ४५ हजार, उपविजेताले नगद ३० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । तेस्तै प्रतियोगितामा उत्कृष्ट प्लेयर ,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट सटरले नगद एक ÷ एक हजार शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
’युवाका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताबाट बचत भएको रकम आर्वाको दादरामा निर्माणाधिन खेलकुद मैदान निर्माणमा नै खर्च गरिने क्लवका अध्यक्ष मनोज बरालले बताए । उनले यस प्रकारको भलिबल प्रतियोगिताबाट युवाशक्तीलाई खेलकुद प्रति आकर्षण गराउने, समग्र आर्वाको परिचय सहित प्रशिद्ध धार्मिक पर्यटकीय स्थल महाप्रभुधामलाई गन्तब्य को रूपमा चिनाउन सघाउ पुग्ने वताए ।
भलिबल प्रतियोगिताको उद्घाटन पोखरामहानगर पालिका वडानं १३ का वडा अध्यक्ष कीरण बरालले गरेका थिए । सो अवसरमा वोल्दै अध्यक्ष वरालले नवदुर्गा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजन वडा कार्यालयले गरेको जानकारी दिदै आगामी वर्षहरुमा पनि वडाले निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए । उनले सुबिधा सम्पन्न खेलकुद मैदानको अभावका कारण खेलकुद प्रति युवाहरुको आकर्षण नभएको बताउँदै आर्वाका दुई स्थान दादरा र दोबाटोमा खेलकुद मैदान बनाउन शुरू गरिएको जानकारी दिए । नवदुर्गा युवा क्लवका अध्यक्ष मनोज बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रतनपाण्डे माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद बराल, नवदुर्गा टोल बिकाश संस्थाका अध्यक्ष सूर्यप्रसाद बराल, खेल संयोजक सन्त थापा , क्लबका उपाध्यक्ष रजनी बराल तथा सचिव सुदर्शन बराल लगायतले प्रतियोगिताका बारेमा बिभिन्न भनाईहरु राखिका थिए । कार्यक्रममा क्लबले निर्माण गर्दै गरेको दादरा खेलमैदानमा बिभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । रतन पाण्डे माबि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिता सोमबार सकिने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।