पोखरा आषाढ ७,
कास्की प्रहरीले ठूलो परिमाणको अवैध सुन तथा हिराका गर गहना सहित पोखरावाट २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.२२ पुम्दी भुम्दीमा पोखरावाट बुटबल तर्फ जादै गरेको माईक्रोबस चेक जाँच गर्दा उनिहरुलाई पक्राउ गरेको आज पोखरामा पत्रकार सम्मेलन गरि जानकारी गरार्ययो । पोखराको विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचनाका आधारमा कास्की प्रहरी परिचालन भएको र उनिहरुलार्ई पक्राउ गरिएको थियो । यसरी पक्राउ पर्नेहरुमा न्यु प्रताप नगर,जि टि रोड अमृतसर –१ पंजाव, भारत बस्ने ४९ वर्षका कुलदिप सिंह, र रुपन्देही जिल्ला तिलोत्तमा न.पा. १६ पुर्वबहिया बस्ने ४७ वर्ष का राम बहादुर बि.क.रहेका छन् । दुबै जनालाई उक्त सामान सहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि वहादुर वस्नेतले जानकारी दिए ।
उनिहरुको साथवाट प्रहरीले एक करोड तीस लाख एकचालिस हजार आठ रुपैँया) वरावरको ८२ तोला, १६ लाल सुन वरामद गरेको छ । प्रहरीले यसरी वरामद गरेका सुन चाँदीका गर गहनामा सुनको ढिक्का सानो ठुलो – २ तोला २३ लाल, सिक्री– २९ थान (तौल १० तोला ३१ लाल),दानावाला माला – १ थान ( तौल २ तोला ९४ लाल), पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल), कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल), मंगलसुत्र – १७ थान ( तौल गर्दा ५ तोला), लकेट– ९९ थान (तौल गर्दा १३ तोला १२ लाल), कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल), झुम्का स–साना टुक्राहरु – १ तोला गरि जम्मा ८२ तोला १६ लाल ( ९५७.९८ ग्राम पथ्थलर सहित) रहेको प्रहरीले जनाएको छ ।
भरतिय नागरिक कुलदिप सिंह ३ बर्ष पहिले देखी नै राम बहादुर बि. क. सँग फेसबुक मार्फत साथी रहेको , दुबै जना सुनको गरगहना सम्बन्धी काम गर्ने ब्यक्तिहरु रहेकाले उनिहरु विच सम्पर्क रहेको, कुलदिपले पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा दिल्ली, हरियाणा लगायतको स्थानमा सुनका गरगहना बेच्दै हिड्ने गरेको र नेपालमा पनि बेच्ने योजना बनाएको, उक्त गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको र निज कुलदिप सिंह राम बहादुर वि.क.लाई लिएर असार ४ गते बुधबार नै पोखरा आई सुन बिक्री गर्न खोजेको, राम बहादुर बि.क. सुन बिक्री भए बापत केही रकम लिने शर्तमा बुटबलबाट पोखरा साथीको रुपमा आएको । प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।