कास्की जिल्ला क्षे नं २ अन्तर्गतको प्रदेश सभा २ मा नेपाली काँग्रेसका विन्दु कुमार थापा निर्वाचित भएका छन् । गण्डकी प्रदेश सरकारका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री समेत रहेका थापा दोस्रोपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । यस अधि २०७४ सालमा पनि उनि गण्डकी प्रदेश सभाको सोही क्षेत्रवाट निर्वातिच भएका थिए । उनी ९२८० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्प्रर्धि नेकपा एमालेकी मिना गुरुङले ७९७१ मत ल्याएकी छन् । प्रदेश सभाको उक्त क्षेत्रमा राप्रपाका अरुण गिरीले ३९०३ मत ल्याए । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठवन्धन उकातिर हँुदा र नेपाली काँग्रेसवाट काँग्रेसका पुराना नेता नरेश शंकर पालिखे वागी उठ्दा समेत थापाले नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङलाइृ पराजित गरेका थिए । हाल कास्कीमा जताजतै एमालेले विजयको झण्डा फहराईरहदा समेत उक्त क्षेत्रमा थापाले वाजी मारेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।