पोखरा फागुन १०,
मुलुकमा तेस्रो कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन हुँदैछ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनले यतिवेला पुरै मुलुकको राजनितीलाई तरङ्गीत वनाईदिएको छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको भएतापनि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ । उप राष्ट्रपति पदलाई दलहरुले त्यति धेरै महत्व नदिएको भएपनि आलङ्कारीक भनिएको राष्ट्रपति पदलाई प्रमुख दलहरुले भने निक्कै ठूलो प्रतिष्ठाको विषय वनाएका छन् । पौष १० गते वर्तमान सरकार गठनको वेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच राष्ट्रपति नेकपा एमालेलाई दिने सहमती गरिएको भएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उक्त सहमतीवाट पछाडि हटेपछि वर्तमान सत्ता गठवन्धनको भविश्य प्रतिनै शंका उत्पन्न भएको छ । पौष २६ गते नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति एमालेलाई नदिने मनसमयका साथ राष्ट्रपतिमा राष्ट्रिय सहमतीको कुरा गर्दै आएका छन् ।
राष्ट्रपति एमालेलाई नदिने र नेकपा एमालेसंगको गठवन्धन तोडेर काँग्रेस सहितको विगतको ५ दलीय गठवन्धन व्यूताउने रणनितीमा लागेका प्रधानमन्त्री दाहाललाई नेपाली काँग्रेसको दहे समर्थन रहेको देखिएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति नदिने भएपछि नेकपा एमाले यतिवेला निक्कै अपठ्यारोमा परेको देखिन्छ त्यसै हिसावले एमाले अध्यक्ष ओलीले राष्ट्रपतिका लागि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नाम अगाडि सारेका छन् । सोमवार ओली र नेपालको विचमा यसै विषयलाई लिएर कुराकानी समेत भएको वताईन्छ । नेकपा एमाले र समाजवादी विच पार्टि एकता गर्ने शर्तमा एमालेले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सारेको भएपनि त्यसका लागि विश्वसनिय वातावरण नवनेको समाजवादीका नेताहरु वताउछन् । अन्यत्र केही उपाय नलागेपछि ओलीले नेपालको नाम अगाडि सारेर नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी तथा माओवादीका विचमा अविश्वास पैदा गराउन नेपालको नाम अगाडि सारेको समाजवादीका नेताहरुको वुझाई छ ।
उता नेपाली काँग्रेसका नेताहरुले राष्ट्रपतिमा माधव कुमार नेपालको पक्षमा राष्ट्रिय सहमति वन्ने कुरामानै आशंका ब्यक्त गरेका छन् । एमाले अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिमा अगाडि सारेर काँग्रेस, माओवादी र समाजावदीका विचमा फाटो ल्याउने र अर्कै ब्यक्तिलाई राष्ट्रपतिमा प्रस्ताव गर्ने रणनिती खेलेको हुनसक्ने वुझाई काँग्रेसका नेताहरुको रहेको छ । प्रधानमन्त्री प्रचण्ड पनि ओलीले फालेको माधन नेपाल कार्ड प्रति विश्वस्त हुन सकेका छैनन् । ओलीले अहिले माधव नेपालको नाम अगाडि सानूृमा षडयन्त्रको गन्ध रहेको वुझाई प्रधानमन्त्रीको रहेको छ । ओलीले पार्टि एकतानै गर्ने गरि माधव नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेको गन्ध पाएको काँग्रेसले राष्टपतिमा माधव नेपाललाई समर्थन गर्ने संभावना देखिदैन । उसले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अगाडि सारेको कतिपय नेताहरु वताउन थालेका छन् यस्तो अवस्थामा काँग्रेस सजिलै माधव नेपालको पक्षमा सहमत हुन सक्ने संभावना देखिदैन । काँग्रेस र माओवादी नेपालको नाममा सहमत नभएमा माधव नेपाल एमालेको वलमा मात्रै राष्ट्रपति वन्ने संभावना देखिदैन ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।