पोखरा जेष्ठ १८,
पोखरा १३ आर्वा स्थित पँधेराखोला भेडीखर्क अमलाचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिवार भएको दोस्रो अधिवेशनले बद्रीप्रसाद देबकोटाको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा तारादेबी बराल, सचिवमा राजनकुमार सिग्देल, र कोषाध्यक्षमा मधु बराल छानिएका छन् । तेस्तै कार्यसमिती सदस्यहरुमा बुद्धिबहादुर कुईकेल, नमुना बराल तथा बिष्णुप्रसाद बराल चुनिएका छन् । निर्वाचन समितिका संयोजक श्रीकान्त सिग्देल तथा हरिबहादुर बराल र बिष्णु प्रसाद अधिकारी सदस्य रहेको तीन सदस्यिय निर्वाचन समितिले नयाँ कार्यसमितीको सर्वसम्मत घोषणा गरेको थियो ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथि पोखरा १३ का वडा सदस्य बलबहादुर बरालले गरेका थिए । कार्यक्रममा बिशेष अतिथि पूर्व प्रहरी नायव उपरिक्षक लक्ष्मण गुरुङ्ग , अतिथिहरु पत्रकार तथा मोहरपानी आदर्श टोलका अध्यक्ष श्रीराम सिग्देल, सल्लाहकार कृष्ण प्रसाद बराल,रतनपाण्डे माबि व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद बराल, खानेपानी डिभिजन कार्यालयका प्राविधिक डिल्लीराम बाँस्तोला, आर्वाली आमा समुहकी अध्यक्ष लक्ष्मी बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समितिका अध्यक्ष बसन्तशर्मा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरबहादुर बरालले स्वागत तथा सचिव बिष्णुप्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा खानेपानी समितिलाई बिभिन्न माध्यमबाट सहयोग गर्ने सहयोग दाताहरु मध्ये जग्गादाता पूर्णबहादुर बराल, प्राविधिक रूपमा सहयोग पुरÞ्याउने देवराज अधिकारी तथा अन्य सहयोगदाताहरु श्रीकान्त सिग्देल, कृष्ण प्रसाद बराल, रुद्रनाथ बराल, टेकनाथ बराल तथा युवराज बराललाई सम्मान गरिएको थियो ।