पोखरा आषाढ ८,
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका उप नेता राजेन्द्र प्रसाद पाण्डेले निजामति सेवा विधेयकमा २ वर्षे कुलिङ पिरियड नराख्न कर्मचारीको उच्च तहवाट दवाव आएको वताएका छन् । आईतवार विहान समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले कर्मचारी सेवावाट अवकास भएपछि तत्कालै संवैधानिक आयोग लगायतमा नयिुक्ति हुदा त्यसले विकृति वढेको वताउदै त्यसलाई रोक्न आफुहरु लागिरहेको वताए । वहालवाला सचिवहरुलेनै प्रधानमन्त्री तथा मन्त्रीहरुलाई भेटेर कुलिङ पिरियड नराख्न दवाव दिईरहेकोले आफुहरुले प्रधानमन्त्रीलाई कर्मचारीको दवावमा नपर्न र दहे खुट्टा टेक्न सुझाव दिएको वताए । कुलिङ पिरियडकै सन्दर्भमा सचिवहरुले सामूहिक राजिनामा दिने धम्की दिएको वताउदै पाण्डेले २५ जना सचिवहरुले राजिनामा दिएमा वरिष्ठतम सहसचिवहरुलाई सचिवमा वढुवा गरेर सचिवहरुलाई विदा दिन सकिने भनाई आफुले राखेको वताए ।
वरिष्ठ उपाध्यक्ष पाण्डेले पतञ्जली जग्गा प्रकरणमा आफ्नो पार्टिका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई पूर्वाग्रही हिसावले फसाउन खोजिएको दावी गरे । ललिता निवासमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई फसाउन खोजिएको थियो त्यहाँ मन्त्री परिषदले गरेको नितीगत निर्णय अख्तियारको कार्यक्षेत्र भित्र नपर्ने भनेर अख्तियारले नहेरेको तर पतञ्जली जग्गा प्रकरण पनि सोही प्रकारको भएपनि नेपाललार्ई राजनितीक प्रतिशोध साधेर फसाउन खोजिएको पाण्डेले दावी गरे । उस्तै खालको दुई कुरामा एउटा नीतिगत र अर्कोमा नीतिगत नहुने कुरा पूर्वाग्रही भएको पाण्डेको भनाई थियो । मन्त्री परिषदको नितिगत निर्णयमा अख्तियारलाई प्रवेश दिनेकी नदिने वहसको विषय वनेको भन्दै राज्यव्यवस्था समितिमा यस वारेमा वहस भईरहेको पाण्डेले वताए । अख्तियार पनि संसदले वनाएको संवैधानिक निकाय हो यसलाई स्वेच्छाचारी हुन दिन नहुने पाण्डेले वताए । यदी नितिगत निर्णयमा अख्तियार प्रवेश गर्ने हो भने नेपालमा ठूला मेघा प्रोजेक्टहरु आउन नसक्ने पाण्डेले वताए ।
यदी यही गर्ने हो र सरकाले गरेको नितीगत निर्णयमा पनि अख्तियार प्रवेश गर्न पाउने र सही ढंगले छानबिन गर्ने हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाईने पाण्डेले दावी गरे ।
‘आशा गरौँ वाइडबडी पनि आइदियोस्, गिरिबन्धु टिस्टेट, गोकर्ण सफारी पार्क, ओम्नी प्रकरणमा पनि आइदियोस् । यसको लर्को छ । यो लर्कोलाई सही ढंगबाट छानबिन गरेर कारबाही गराउने ठाउँमा पु¥याउने सक्यौं भने हामीले विगतका प्रधानमन्त्री, अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै पाउरोटी लिएरै भेट्न जान पाउँछौं,’ उनले भने ।
भिजिट भिषा प्रकरणमा हामीले सुरु देखिनै गृहमन्त्रीको राजिनामाको विषय गलत हो गृहमन्त्रीले सदनमा आफ्ना कुाहरु राख्न पाउनुपर्छ भनेको र आज सोही दिशामा सहमती भएको पाण्डेले दावी गरे । सवै मन्त्रीहरु उपर प्रश्न उठ्दैमा सवै मन्त्रीहरुले राजजिनामा दिदै जाने हो भने मन्त्रीहरुनै नरहने भन्दै पाण्डेले कुरा उडेदैमा राजिनामा माग्न नहुने आफ्नो पार्टिको स्पष्ट धारण रहेको वताए । माओवाादीले पनि सुरुमा गृहमन्त्रीको राजिनामा मागेको र पछि आफुहरुकै लाईनमा आएर संझौता गरेको पाण्डेले वताए । संघियतालाई सहि तरिकाले सञ्चालन गर्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले आफुखसी योजना र वजेट पार्ने, प्रदेशलाई कमाई खाने भाँडो वनाउने, मौका यही हो आफु शक्तिमा भएको वेला आफु निकटकालाई ठेक्कापट्टा दिउ भन्ने जस्ता गलत सोचले जनताका विचमा संधियता प्रतिको धारणा नकारात्मक वनेको पाण्डेले वताए । सधियतालाई खारेज हैन सुधार गरेर लानुपर्ने आवश्यकता औल्याउदै पाण्डेले प्रतिनिधिहरुको संख्या घटाउने, प्रदेशमा सानो आकारको मन्त्री मण्डल वनाउने र अनावश्यक प्रशासनीक खर्च घटाउनुपर्ने वताए । स्थानिय तहको संख्या पनि घटाउन सकिने वताए । फेरी पनि प्रदेश खारेजीको कुरा गर्ने हो भने मुलुकमा अर्को रक्तपातको संभावना रहने र अर्को शक्तिले फाईदा लिन सक्ने भएकाले संधियतालाई सुधार गरेर लैजानुपर्ने पाण्डेले वताए । समाजवादी प्रेृस संगठन कास्कीका अध्यक्ष रुद्रवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव भिम थापाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।