असार २३,
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रम पारित भएको छ । आइतबार सम्पन्न १७ औँ नगर सभाले महानगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको हो । सभाले रु.८ अरब ३५ करोड १२ लाखको बजेट पारित गरेको प्रमुख धनराज आचार्यले वताए ।
यसअघि असार ८ गते सुरु भएको सभामा उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन् । सङ्घीय सरकारको सशर्त अनुदानबाट रु.३ अरब १३ करोड १२ लाख अर्थात् ३७.४९ प्रतिशत र आन्तरिक आयबाट रु.५ अरब २२ करोड अर्थात् ६२.५१ प्रतिशत व्यहोर्ने गरी प्रस्तुत गरिएको उक्त बजेट आइतबारको सभाले पारित गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।
विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको विश्वास आर्जन सहित समुन्नत पर्यटकीय पोखरा निर्माणको दीर्घकालीन लक्ष्य हासिल गर्न यसको कार्यान्वयनमा सवैपक्षको साथ र सहयोग आवश्यक पर्ने नगर प्रमुख आचार्यले वताएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।